NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग  शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट शुक्रबार अशोज २४ , २०८२
नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै शुक्रबार अशोज २४ , २०८२
विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक शुक्रबार अशोज २४ , २०८२
Next
Prev

समाचार

विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक

शुक्रबार अशोज २४ , २०८२
Reading Time: 1 min read
A A
हमासले सार्वजनिक गर्याे विपिनसहितको बन्धकहरूको तस्बिर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ असोज , काठमाण्डौ ।

इजरायल र हमासबीच शान्ति सम्झौता भएसँगै गाजामा बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा जागेको छ। किनकि अमेरिकाको प्रस्तावअनुसार इजरायल र हमासबीच भएको सहमतिमा सबै बन्धक रिहा गर्ने कुरा पनि उल्लेख छ।

तर जिवित र मृतकको सूची सार्वजनिक हुँदा समेत अन्योलको कुरा विपिनको वर्तमान अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन। यसैबीच सीएनएनको पछिल्लो रिपोर्टमा विपिनको स्थिति ’अज्ञात’ भनिएको छ।

LS Auto

सीएनएनका अनुसार इजरायली सरकारले ४८ बन्धकमध्ये २६ जनाको मृत्यु भइसकेको बताएको छ भने नेपाली नागरिक विपिन र इजरायली नागरिक तामिर निम्रोदीको स्थिति ’अज्ञात’ भनेको छ।

इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु छन् ।

अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए । त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो ।

इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित इजरायलका अधिकारीहरुसँग आफू निरन्तर सम्पर्कमा रहेको र विपिनको अवस्था बुझ्ने कोसिस गरिरहेको बताएका छन् ।

तर, अहिलेसम्म ठोस जानकारी केही नपाएको उनले बताएका छन् । परराष्ट्र मन्त्रालयका कर्मचारीहरु पनि विपिनको अवस्था पत्ता लगाउने कोसिस भइरहेको तर थाहा हुन नसकेको बताउँछन् ।

इजरायल सरकारको तर्फबाट विपिनको बारे जुनसुकै अवस्थाको सूचना आउनसक्छ, त्यसका लागि परिवारलाई तयार रहन भन्नुहोला भन्ने खालको खबर आएको मन्त्रालय स्रोतले बताएको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए ।

हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए । सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात छ ।

बुधबार बेलुका सार्वजनिक गरिएको ३३ सेकेण्डको भिडियो पनि त्यतिबेलैको पुरानो भएको राजदूत पण्डितले बताएका छन् । इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो । ’सरकारले सबै (जीवित र मृतक) बन्धकहरूलाई रिहाइको लागि रूपरेखा अनुमोदन गरेको छ’ विज्ञप्तिमा भनिएको छ।

यसैबीच, राष्ट्रपति ट्रम्पले इजरायली बन्धकहरू सोमबार वा मंगलबारसम्ममा रिहा हुनसक्ने बताएका छन् । यो सम्झौताको पहिलो चरणमा इजिप्टमा इजरायल र हमासबिच सहमति भएको थियो ।

युद्धविराम र बन्धक रिहाइका अतिरिक्त, सम्झौताको पहिलो चरणमा इजरायलले सयौँ प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ । इजरायलले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेसँगै अल्पकालीन र दीर्घकालीन रूपमा धेरै कुराहरू अघि बढेका बीबीसीले जनाएको छ ।

इजरायल र हमासबिचको युद्धविराम सम्झौतापछि इजरायली मन्त्रिपरिषद्ले यो सम्झौतालाई अनुमोदन गरेपछि युद्धविरामलाई लिएर गाजा र इजरायल दुबै तर्फ उत्साह देखिएको छ । सम्झौतामा इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदान पनि समावेश छ ।

अमेरिकाको २० बुँगे शान्ति योजनाको पहिलो चरणअन्तर्गत युद्धविराम छिटै लागू हुने र सोमबारदेखि हमासले इजरायली बन्दीहरूलाई रिहा गर्न शुरु गर्ने अपेक्षा गरिएको छ ।

गाजाका मानिसहरू यसको उत्सव मनाइरहेका छन् । प्यालेस्टिनी प्राधिकरणले युद्धविरामपछि गाजा प्रशासन चलाउने तयारी गरिरहेको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

Tags: #इजरायल र हमास#कहाँ छन् विपिन ?

लोकप्रीय

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२

विचार

थप समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै
खेलकुद

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै

शुक्रबार अशोज २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

World News: गभर्नमेन्ट सटडाउन नै Trumpको हति*यार,Gazaमा रोकियो ब*म*बारी || Nepal Times

00:19:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२

हालका पोस्टहरू

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.