×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

२४ आश्विन २०८२

२४ असोज , काठमाण्डौ ।

६ महिनासम्म अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतमबुद्ध अन्राष्ट्रिय त विमानस्थल भैरहवाबाट अब थाई एयर एसियाले अक्टोबर २६ देखि उडान सुरु गर्ने भएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा गत अप्रिलमा भैरहवाबाट चारवटा विदेशी विमान कम्पनीले उडान गरेका थिए जसमा एक महिनासम्म विमानस्थलबाट सातामा २० वटा सम्म उडान भएका थिए ।

गत अप्रिलदेखि बन्द भएको नियमित अन्तर्राष्ट्रिय उडान अघिको ५ महिनामा २ सय बढी उडानबाट ७ हजार यात्रु आवतजावत गरेका थिए । त्यसयता केही चार्टर उडानहरु मात्रै भएका छन् ।

भैरहवाबाट थाई एयर एसियाले हप्तामा दुई उडान गर्ने गरी अनुमति लिइसकेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीेले जानकारी दिएका छन् । ‘थाई एयरले २६ अक्टोबरदेखि हप्ताको दुई उडान गर्ने गरी अनुमति लिइसकेको छ, जजिरा लगायत अन्य कम्पनिहरू पनि पाइपलाइनमा छन्’, तिवारीले भने, ‘जजिराको हकमा कन्ट्री डाइरेक्टर र विमानस्थलसँग समन्वय भइरहेको छ ।’

२०७९ साल जेठ २ गते २५६६औं बुद्ध जयन्तीको अवसर पारेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो । उद्घाटन पश्चात नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज , थाइल्याण्डको थाइ एयर एसिया र हिमालय एयरलाइन्सले व्यवसायिक उडान गरेका थिए ।

तर, नियमित अन्तर्राष्ट्रिय उडान नभएपछि होटेल र पर्यटन व्यवसायीहरु निरन्तर आन्दोलित भएका थिए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यका अनुसार भैरहवा र आसपासमा विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले करिब एक खर्ब लगानी गरेको भएपनी , अन्तर्राष्ट्रिय उडान नभएपछि व्यवसायीहरु बैंकबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न नसकी लगानी डुब्ने चिन्तामा रहेका र केही व्यवसायीले तारे होटेल विक्रि गरिसकेका र निर्माणाधीन होटेलहरु बिचमै रोकेर अलपत्र अवस्थामा पुगेका आचार्यको भनाई छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो एक वर्षको अवधिमा ५ सय ५६ वटा अन्तर्राष्ट्रिय उडान र अवतरण भएको छ । ५ वर्षको अवधिमा यो विमानस्थलबाट एक हजार ५७ वटा उडान अवतरण भएको छ ।

जसमा २९ हजार ६२१ यात्रु यहाँ ओर्लिएका छन् भने ३१ हजार ६४१ यात्रु बाहिरिएका छन्। पाँच वर्षको अवधिमा कुल ६१ हजार २५४ जनाले ओहोरदोहर गरेका छन् ।चालु आर्थिक वर्षमा १० वटा उडान अवतरण भएको छ ती सबै चार्टर उडान हुन ।

त्यसैगरी आर्थिक वर्ष २०८१–८२ मा विमानस्थलबाट विभिन्न एयरलाइन्स कम्पनीले २७८ वटा अन्तर्राष्ट्रिय उडान र त्यतिकै संख्यामा अवतरण गरेका हुन । यी उडानबाट १२ हजार ८३० जना यात्रु भैरहवा झरेका छन् ।

त्यस्तै ११ हजार १२८ जना भैरहवाबाट बाहिरको लागि प्रस्थान गरेका गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतको भनाई छ । उनका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ५६ उडान अवतरण बाट ६ हजार ३ सय १८ले ओहोरदोहर गरेका छन ।

यस्तै आर्थिक वर्ष २०७९÷८० मा ३१५ उडान अवतरणबाट २८ हजार ९ सय ९८ यात्रुले आवगमन गरेका छन । यस्तै २०८०÷८१ मा १२० उडान अवतरणबाट १ हजार ९ सय ७६ जनाले ओहरदोहर गरेका छन् ।

सरकारले भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने विदेशी वायुसेवा कम्पनीलाई आकर्षित गर्न विभिन्न छुट सुविधाहरू प्रदान गरेको छ भने अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु ३ हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट दिइएको छ ।

साथै, दुवै विमानस्थलमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुटका साथै नेपाल एयरलाइन्सले प्रदान गर्ने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुटको व्यवस्था साथैइन्धनमा पनि सय डलर छुट दिदै आएपनि विदेशी विमान कम्पनी आकर्षित हुन सकेका छैनन् ।

व्यवसायीहरुले विमानस्थलमा आवश्यक कतिपय सरकारी कार्यालयहरु अझै स्थापना नभएका, हवाई टिकट विक्रिमा काठमाडौं केन्द्रीत व्यवसायीको एकाधिकार जस्ता कारणले अन्तर्राष्ट्रिय उडान नियमित र पर्याप्त हुन नसकेको गुनासो गर्दै आइरहेका छन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top