×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

२१ पुष २०८२

२१ पुष , काठमाण्डौ ।

अमेरिका विरुद्ध विश्व राजनीतिमा उभिनेहरु क्रमश पाखा लागिरहेका बेला अमेरिकासँग सबैभन्दा कट्टर दुश्मनी साँधिरहेको इरानका सर्वाेच्च नेता अयातोल्लाह खामेनी नै देश छाडेर मस्को भाग्ने तयारीमा रहेको खबर बाहिरिएको छ ।

Advertisement

इरानमा महंगी, बेरोजगारी र कमजोर हुँदै गएको अर्थतन्त्रको विरोधमा सर्वोच्च नेता अयातोल्लाह खामेनीविरुद्ध ९ दिनदेखि प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनका कारण हाल यहाँको अवस्था झन् खराब हुँदै गएको छ ।

जसकारण खामेनीले अशान्ति बढे देश छोड्ने योजना बनाएको दाबी गरिएको छ । बेलायती पत्रिका द टाइम्सका अनुसार, यदि विरोध प्रदर्शन बढ्यो र सुरक्षा बलले विद्रोह ग¥यो भने खामेनीले तेहरान छोड्ने आपतकालीन आकस्मिक योजना तयार पारेका छन् ।

उनी आफ्ना २० जना नजिकका सहयोगी र परिवारका सदस्यहरूसँग इरान छोडेर मस्को जाने द टाइम्सको दाबी छ । मिडिया रिपोर्टका अनुसार, पछिल्लो इजरायली आक्रमणहरूले इरानको उच्च सुरक्षा बलको शीर्ष नेतृत्वलाई गम्भीर क्षति पु¥याएको छ, जसले गर्दा देशभर फैलिएको विरोध प्रदर्शनलाई नियन्त्रण गर्न अझ गाह्रो भएको दाबी गरिएकोछ ।

इजरायली मिडियाले बेलायती अखबार द टाइम्स को उद्धृत गर्दै दाबी गरेको छ कि इरानका सर्वोच्च नेता खामेनीले सरकार पतनको अवस्थाका लागि आफ्नो योजना तयार गरिसकेका छन्।

देशव्यापी विरोध प्रदर्शन झन् तीव्र हुँदै अवस्था नियन्त्रणबाहिर जाने स्थिति आएमा खामेनीले रुस भाग्ने योजना बनाएका छन्। रिपोर्टअनुसार यस योजनामा ८६ वर्षका अली खामेनी, उनका परिवारका सदस्य, केही सहयोगी र नजिकका मानिसहरू गरी करिब २० जना समावेश छन्।

खामेनीका उत्तराधिकारी मानिने उनका छोरा मोज्तबाको नाम पनि यस सूचीमा रहेको बताइएको छ। रिपोर्टमा खामेनीसँगै अर्बौँ डलर पनि रुस लैजाने दाबी गरिएको छ। खामेनीको नियन्त्रणमा रहेका नेटवर्कहरू विशेष गरी सेताद जस्ता अर्ध(सरकारी संस्थाहरूसँग अर्बौँ डलर बराबरको सम्पत्ति छ।

सन् २०१३ को एक अनुसन्धानअनुसार कुल होल्डिङ्सको अनुमान करिब ९५ अर्ब डलर सम्म गरिएको थियो। उनका धेरै शीर्ष सहयोगीहरूको परिवार पहिल्यै अमेरिका, क्यानडा र दुबईमा बसोबास गरिरहेका छन्।

इरानका कट्टर शत्रु मानिने इजरायलका गुप्तचर अधिकारी बेनी सबतीका अनुसार खामेनी रुसतर्फ प्रस्थान गर्नेछन्, किनकि उनका लागि अन्य कुनै विकल्प छैन। उनी लगातार पुटिनको प्रशंसा गर्दै आएका छन्।

साथै इरानी संस्कृति रूसी संस्कृतिसँग मिल्दोजुल्दो भएकाले त्यहाँ बस्न उनलाई सहज हुने बताइएको छ। गुप्तचर मूल्याङ्कनमा दाबी गरिएको छ कि इजरायलसँग गत वर्ष भएको १२ दिनको युद्धपछि अली खामेनी शारीरिक र मानसिक रूपमा कमजोर देखिएका छन्।

पछिल्ला दिनहरूमा उनी सार्वजनिक रूपमा कम देखिनु, युद्धका क्रममा बंकरमा बस्नु र उनको ‘सर्भाइभल(फोकस’ ले उनी गहिरो सतर्कता र डरको सामना गरिरहेका छन् ।

रिपोर्टले उनलाई वैचारिक रूपमा कठोर तर रणनीतिक रूपमा व्यवहारिक व्यक्ति बताएको छ, जो दीर्घकालीन सत्ता जोगाइराख्नका लागि सामरिक सम्झौता गर्न पनि तयार रहेको उल्लेख गर्छ।

खामेनी आफूलाई विश्वव्यापी शिया नेतृत्वको रूपमा हेर्दै आएका छन् र ‘एक्सिस अफ रेसिस्टेन्स’ लेबनान, गाजा, इराक, सिरिया र यमनमा निरन्तर लगानी गर्दै आएका छन्। तर यी मोर्चाहरूमा पछिल्ला झट्कापछि इरानभित्र प्रश्न उठ्न थालेका छन् ।

जब देशभित्र रेकर्ड महँगी र जीवनस्तर लगातार खस्किँदै गएको अवस्थामा विदेशी मोर्चाहरूमा किन यति धेरै खर्च भन्ने प्रश्न सडकमा उठिरहेकोछ । सडकमै नो गाजा, नो लेबनान,केवल इरान भन्ने नारा लागिरहेको छ ।

रिपोर्टका अनुसार यो योजना पूर्व सिरियाली शासक बशर अल असदको योजनाजस्तै देखिन्छ। नोभेम्बर २०२४ मा सरकार पतनको खतरा देखिएपछि असद सिरियाबाट भागेर मस्को पुगेका थिए।

पछि खुलासा भएको थियो कि असद रुसमा आरामदायी जीवन बिताइरहेका छन् र त्यहाँ उनले आँखाको उपचारसम्बन्धी आफ्नो अभ्यास फेरि सुरु गरेका छन्। यद्यपि इरानमा के हुन्छ भन्ने विषयमा अहिले नै केही भन्नु हतार हुनेछ।

यसअघि अमेरिकीराष्टूपति डोनाल्ड टूम्पले यसअघि नै इजरालसँगको इरानमाथिको आक्रमणमा नै खामेनीको ज्यान जान सक्ने भएपनि उनलाई नमारिएको दाबी गरेका थिए । अमेरिकी आक्रमणमा इरानको आणविक भट्टी ध्वस्त भएको दाबी गरिएपनि इरानले त्यसलाई पुन सुरु गरेको दाबी गरिएका छन् ।

Advertisement

यद्यपि अमेरिका र इजरेली आक्रमणबाट इरानले ठूलो क्षति व्यवहोरेको छ । त्यसपछिका दिनमा लगातार आर्थिक शिथिलता ब्यहोरिरहेको इरानले अहिले बढ्दो प्रर्दशनलाई नियन्त्रणमा राख्न असफल हुने देखिएको समाचारमा उल्लेख छ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top