NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो शुक्रबार माघ २ , २०८२
रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट शुक्रबार माघ २ , २०८२
देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन शुक्रबार माघ २ , २०८२
बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु शुक्रबार माघ २ , २०८२
अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल शुक्रबार माघ २ , २०८२
Next
Prev

समाचार

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

शुक्रबार माघ २ , २०८२
Reading Time: 1 min read
A A
बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ माघ , काठमाण्डौ।

काठमाडौं महानगरपालिकाका मेयरमा कार्यकाल बाँकी रहदै संसदीय राजनीतिमा होमिदै प्रधानमन्त्री बन्ने लक्ष्यमा रहेका बालेन्द्र शाह बालेनले आफ्नो विगत, राजनीति र अबको राजनीतिक बाटोबारे प्रष्टिकरण दिएका छन् ।

भूकम्प सुरक्षा दिवसका सन्दर्भमा फेसबुकमा लामो स्ट्याटस लेख्दै मेयर बालेनले देशलाई अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको उल्लेख गरेका छन् । बालेनले देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको बताएका छन्।

‘नेपालको विकास भन्नु सडक, भवन र ठूला–ठूला संरचना मात्र होइन। विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो—उदार समाज निर्माण गर्नु हो। संस्थागत विकास र समुन्नति कुनै कागजमा मात्र होइन, हरेक जनताले अनुभूत गर्न पाउने कुरा हो। यसको लागि आशाको सञ्चार मात्र नभई कटिबद्ध भएर इमानदारीपूर्वक देशलाई अघि बढाउनुपर्छ। हामी र हाम्रो पुस्ताको मात्र नभई भविष्यका पुस्तालाई सुरक्षित र आशालाग्दो देश हस्तान्तरण गर्ने नीति हो। स्ट्रक्चरल इन्जिनियरको रूपमा मैले बुझेको कुरा स्पष्ट छ— देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ,’ उनले भनेका छन्।

२०७२ सालको भूकम्पपछि म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गरेको अनुभव पनि उनले उल्लेख गरेका छन्। काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरेको उनको दाबी छ।

त्यसक्रममा गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएको पनि उनले बताएका छन्। ‘आज भूकम्प सुरक्षा दिवसको अवसरमा अब कहिल्यै पनि त्यस्तो दिन नआओस् भन्ने हाम्रो कामना छ।नेपालका विभिन्न भूगोलमा एउटा पेशाकर्मी इन्जिनियरको रूपमा काम गर्दा त्यो अनुभवले मलाई एउटा स्पष्ट कुरा सिकायो— नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन। भौगोलिक भू–बनोटसँगै हाम्रो विविधतायुक्त समाजलाई माथि उकास्न यसका अनेक पाटोलाई सँगसँगै माथि उठाएर काम गर्नुपर्छ। राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास हो, र त्यसलाई जोड्न सक्ने सेतुको बलियो आधार निर्माण गर्नु हो,’ उनको भनाइ छ। सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको सामञ्जस्यता, जिम्मेवार नीति र इमानदार नेतृत्वको आवश्यकता रहेको उनको निचोड छ। यही बुझाइका साथ आफू भारत गएको र स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको उनले खुलाएका छन्। ‘अध्ययनपछि सुविधा सम्पन्न देशमा बसेर काम गर्ने अवसर थियो, तर मैले देश फर्किने निर्णय गरेँ। आज, नागरिकको विश्वासका कारण काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, हामीले शब्दभन्दा कामलाई प्राथमिकता दिएका छौं। स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने गरी काम गरियो। आम मानिसले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात महानगरबाट भएको छ। अब महानगरमा सुरु भएका यी सुधार र यसको अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ,’ उनले भनेका छन्।

उनले लेखेका छन्, २०७२ सालको भूकम्पपछि म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दै थिएँ। काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ। आज भूकम्प सुरक्षा दिवसको अवसरमा अब कहिल्यै पनि त्यस्तो दिन नआओस् भन्ने हाम्रो कामना छ। नेपालका विभिन्न भूगोलमा एउटा पेशाकर्मी इन्जिनियरको रूपमा काम गर्दा त्यो अनुभवले मलाई एउटा स्पष्ट कुरा सिकायो— नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन। भौगोलिक भू–बनोटसँगै हाम्रो विविधतायुक्त समाजलाई माथि उकास्न यसका अनेक पाटोलाई सँगसँगै माथि उठाएर काम गर्नुपर्छ। राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास हो, र त्यसलाई जोड्न सक्ने सेतुको बलियो आधार निर्माण गर्नु हो। सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको सामञ्जस्यता, जिम्मेवार नीति र इमानदार नेतृत्वको आवश्यकता छ। यही बुझाइका साथ म भारत गएँ र स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेँ। अध्ययनपछि सुविधा सम्पन्न देशमा बसेर काम गर्ने अवसर थियो, तर मैले देश फर्किने निर्णय गरेँ। आज, नागरिकको विश्वासका कारण काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, हामीले शब्दभन्दा कामलाई प्राथमिकता दिएका छौँ। स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने गरी काम गरियो। आम मानिसले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात महानगरबाट भएको छ। अब महानगरमा सुरु भएका यी सुधार र यसको अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ। नेपालको विकास भन्नु सडक, भवन र ठूला–ठूला संरचना मात्र होइन। विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो—उदार समाज निर्माण गर्नु हो। संस्थागत विकास र समुन्नति कुनै कागजमा मात्र होइन, हरेक जनताले अनुभूत गर्न पाउने कुरा हो। यसको लागि आशाको सञ्चार मात्र नभई कटिबद्ध भएर इमानदारीपूर्वक देशलाई अघि बढाउनुपर्छ। हामी र हाम्रो पुस्ताको मात्र नभई भविष्यका पुस्तालाई सुरक्षित र आशालाग्दो देश हस्तान्तरण गर्ने नीति हो।

उनले लेखेका छन्, स्ट्रक्चरल इन्जिनियरको रूपमा मैले बुझेको कुरा स्पष्ट छ– देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ। हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउने हो। नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ। संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्। शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस्। यो अभियान कुनै एक व्यक्तिको होइन। यो सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो। सबैको साथ, सहयोग र विश्वाससहित अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ।

बलेन फागुन २१ के निर्वाचनमा झापा ५ बाट उम्मेदवारी दिने तयारीमा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने सम्झौता गरिसकेको छ।

बालेन अब आइतबार मेयरबाट राजीनामा दिने र सोही दिन रास्वपा प्रवेश गर्ने तयारीमा छन् । उनले रास्वपाका सभापति रवि लामिछानेसहित ५ गते जनकपुरमा सभामा सम्बोधन गर्नेछन् भने ६ गते झापा जाने तायारीमा रहेका छन् ।

Tags: #काठमाडौं महानगरपालिका#बालेन किन राजनीतिमा होमिए ?

लोकप्रीय

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२
बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

शुक्रबार माघ २ , २०८२

विचार

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२
बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

शुक्रबार माघ २ , २०८२

थप समाचार

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति
समाचार

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
समाचार

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२
बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी
ताजा समाचार

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

शुक्रबार माघ २ , २०८२
बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु
ताजा समाचार

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

शुक्रबार माघ २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके

काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके

मङ्लबार पुस २९ , २०८२

हालका पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२
बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

शुक्रबार माघ २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.