नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

२८ जेठ ८३, शुक्रबार

२९ जेठ , काठमाण्डौ।

पश्चिम् नवलपरासी सुस्ताको नेपाली भूमितिर पसेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गस्ती बढाएपछि आज स्थानीयले प्रतिकार गरेका छ्न् । त्यस क्षेत्रमा बिहानैदेखि तनाव भएको स्थानीयले बताएका छन् । सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयले प्रतिकार गर्दै रोकेपछि केही समय विवाद भएको थियो ।

हतियारसहित उनीहरू नेपाली क्षेत्रमा आए पनि स्थानीयले आउनुको कारण सोधेका थिए । अटेरी गरेपछि सबै स्थानीय जुटेर प्रतिकारमा उत्रेपछि केही समयमा उनीहरू फर्केको जैसवालले जानकारी दिएका छन् । केहि दिनअघि मात्र भारतीय सुरक्षाकर्मी त्यहाँ बएर तटबन्ध निर्माण रोकेका थिए ।

स्थानीयले बताए अनुसार भारतीयले तटबन्धको १३२ मिटर क्षेत्रमा निर्माण कार्य रोक्न दबाब दिएका छन् । नारायणी नदीको कटानबाट सुस्ताको जमिनलाई जोगाउन भन्दै सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरले १ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माणको काम गरिरहेको थियो।

गत फागुनदेखि निर्माण सुरू गरिएको तटबन्धको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ भने त्यससँगै जोडिएको पूर्वतर्फको १३२ मिटर क्षेत्रमा पनि तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। तर आइतबार अपराह्न तटबन्ध निर्माण स्थलमा आएको २५÷३० जना भारतीय एसएसबीको समूहले अवरोध गरेपछि तटबन्ध निर्माणको काम रोकिएको हो।

विवादित भूमिमा कुनै पनि देशबाट कुनै पनि निर्माणको काम नगर्ने सहमति भएको दाबी भारतीय एसएसबीले गरेको छ। तर, सुस्तामा नेपालीहरूको बसोबास र खेती रहेकोले नारायणीमा आएको बाढीले कटान गर्दा नेपालीकै क्षति गर्छ।वडा अध्यक्ष आदम हुसेनका अनुसार ८ करोड र ६ करोडका दुई वटा ठेक्कामार्फत् काम भइरहेको छ।

पुरानो ठेक्काको काम सम्पन्न भइरहँदा १३२ मिटरमा तटबन्धका लागि ठेक्का लागेर १ करोड ८० लाख रुपैयाँ निकासा समेत भइसकेको छ तर, भारतीयको अवरोधले अन्योल बढाएको हुसेनले बताए। उनले भारतीय एसएसबीले अवरोध गरे पनि तटबन्ध निर्माणको काम अगाडि बढ्ने बताएका छन् ।

खानले विवादित भनिएको जग्गालाई भारतीयहरूले विभिन्न कामका लागि प्रयोग गरिरहे पनि नेपालीहरूलाई भने आफ्नै जग्गामा काम गर्दा समेत एसएसबीले दुःख दिने गरेको बताए। सुस्ता गाउँपालिकाका उपाध्यक्ष गीता चौधरीले पनि तीन महिनादेखि निरन्तर भइरहेको तटबन्ध निर्माणको काममा अचानक अवरोध गरेर सुस्ताको विवाद फेरि सतहमा ल्याइएको बताएकी छन् ।

हरेक वर्ष नारायणीको बाढी बस्तीमा पस्ने र जमिन कटान गरिरहेकोले तटबन्ध निर्माण सुरू गरिएको उनले बताइन्। तर पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने भारतीय एसएसबीले अहिले निर्माण भइरहेको तटबन्ध नभई नयाँ निर्माण गर्ने भनिएको १३२ मिटर क्षेत्रको तटबन्धलाई अगाडी नबढाउन भनेको बताएका छन् ।

स्थानीय मुन्सीकुमार हरिजनका अनुसार सुस्तामा ३५० हाराहारी घरधुरीमा कम्तीमा तीन हजार २०० नेपालीको बसोबास छ। २०३४ सालमा नारायणी नदीमा आएको भीषण बाढी र डुबानपछि त्यहाँका २४५ घरधुरी नारायणीवारि त्रिवेणी आसपासका साहु मारा, केउलानी लगायतका ठाउँमा स्थानान्तरण गरिएका थिए।

केही परिवार थातथलो छाड्न राजी भएनन्, सुस्तामै बसे। नारायणी नदीको कटान र डुबानका कारण बस्ती स्थानान्तरण गरिएपछि भारतीयहरूले अतिक्रमण सुरू गरे। सुस्तामा नेपाल र भारतको सीमा स्तम्भ नराखी सानो सडकलाई नै सीमा मानिएको कारण भूमि छुट्टाउने समस्या बल्झिरह्यो।

स्थानीयका अनुशार सन् १९७२ देखि २०१६ को बीचमा धेरै पटक आएको बाढी र कटानका कारण नारायणी नदीले धार परिवर्तन गर्दा नेपाली भूमिमा भारतीय अतिक्रमण बढेको हो। सुगौली सन्धिका समय ४० हजार ९८० हेक्टर जमिन रहेको सुस्तावासी सँग अहिले ७ हजार हेक्टर जमिन मात्र भोग चलनमा छ। २०६२ सालमा सुस्तावासीमाथि ज्यादती सुरू गरेको भारतीय पक्षले हालसम्म साढे १४ हजार ५०० हेक्टर जमिन अतिक्रमण गरेको हुसेनको दाबी छ।

टुटनवा र नारायणी नदीतर्फको करिब १९ हजार ४८० हेक्टर जमिन विवादित भन्दै भोग चलन गर्न नदिई डेढ दशक भन्दा लामो समयदेखि बाँझो राखिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले कालापानी क्षेत्र र सुस्तामा मात्रै नेपाल–भारतको नक्सांकन गर्न बाँकी रहेको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै परराष्ट्रमन्त्री खनालले भारत भ्रमण र प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिका विषयमा प्रस्टीकरण दिएका थिए। त्यस क्रममा उनले नेपाल र भारतको सीमाको विषयमा केही ठाउँमा मात्रै विवाद बाँकी रहेको बताए।

‘सुस्ता, लिम्पियाधुरा, कालपानी, लिपुलेक र केही क्षेत्रमा मात्रै नक्सांकन गर्न बाँकी छ,’ खनालले भनेका छन् । यस विषयमा पनि दुवै देशका टोली काम गरिरहेको उनले जानकारी दिए। ‘प्राविधिक टोली क्रियाशील छन्। लगत संकलन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘नेपाल–इन्डिया बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेका छन्।’

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top