×

NEPAL TIMES UPDATES

Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026
Playing
मतदानपछि ओली, एमालेको बहुमत आउँछ, म प्रधानमन्त्री बन्नेमा शंका छैन|| Nepal Times
Mar 05, 2026
Playing
जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स, हरेक मतदानस्थलको ‘लाइभ’ मनिटरिङ|| Nepal Times
Mar 05, 2026
Playing
किन भोट खसाल्न गएनन् मतदाता ? || Nepal Times
Mar 05, 2026
Playing
बालेनलाई हेलिकप्टरबाट झापा घुम्न रोकियो, हेलि काठमाडौं फर्काइयो || Nepal Times
Mar 05, 2026
Playing
सबैले भोट हालौं, आफ्नो मताधिकारको प्रयोग गरौं || Nepal Times
Mar 05, 2026
Playing
भूमध्य सागरमा रुसी ग्यास ट्याङ्कर ध्व*स्त, Ukraineमाथि आरोप || Nepal Times
Mar 05, 2026
Playing
दोलखामा हवाइ फा यर,सर्लाहीमा मतदाताबीच कु टाकुट || Election Update – Nepal Times
Mar 05, 2026
Playing
रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव प क्राउ, मोदीको भिडियो बनाउने समातिए || Nepal Times
Mar 05, 2026
Playing
भोट खसाएर बालेन झापा, प्रचण्ड रुकुमपूर्व जाने, सवारी संचालनमा कडाई || Nepal Times
Mar 05, 2026
Playing
प्रधानमन्त्री सुशीला कार्की: ‘हामीले दिएको कर्तव्य पूरा गर्यौँ’ – मतदान भिडियो
Mar 05, 2026
Playing
प्रतिनिधि सभा निर्वाचन आज, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन || Nepal Times
Mar 05, 2026
Playing
आज प्रतिनिधिसभा निर्वाचन ः सुरु भयो मतदान|| Nepal Times
Mar 05, 2026
Playing
सुशीलाले चमत्कार गरिनन् तर दलीय सरकारले गर्न नसक्ने काम गरिन् || Nepal Times
Mar 04, 2026
Playing
इरानी यु द्ध पोतमा पनडुब्बी ह म ला, इजरेलले लेबाननमा धावा बोल्यो || Nepal Times
Mar 04, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-20-2082 || Nepal Times
Mar 04, 2026
Playing
भोट नबिकोस्, मतदाता प्रलोभनमा नपरुन, देशको भविष्य जनताको हातमा || Nepal Times
Mar 04, 2026
Playing
भारत खामेनीको मृ*त्युमा मौन, UAEसंग एकताः मोदीको विदेश नीति बदलियो ? || Nepal Times
Mar 04, 2026
Playing
‘War on Terror’ पछि फैलिएको सैन्य हस्त क्षेप || Nepal Times
Mar 04, 2026
Playing
भोलि भोट ककसलाई, कसरी हाल्ने ?२४ घण्टाभित्रै प्रत्यक्षको मत परिणाम || Nepal Times
Mar 04, 2026
Playing
मतदानको समयमा हेलिकप्टरबाट गस्ती गरिने, सबै तयारी पूरा|| Nepal Times
Mar 04, 2026
Playing
इरानमा विद्रोहको तयारी, CIAको अपरेशन सुरु, इरानले नयाँ लिडर चुन्यो || Nepal Times
Mar 04, 2026
Playing
World News: Iranको १७ यु*द्धपोत,क्षेप्यास्त्र प्रक्षेपण केन्द्र ध्व*स्त,टर्किए इरानको निशानामा परेन
Mar 04, 2026
Playing
होर्मुज जलडमरू बन्द भए नेपालमा कस्तो असर पर्ला ? || Nepal Times
Mar 04, 2026

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

२१ फाल्गुन २०८२

२१ फागुन , काठमाण्डौ ।

प्रतिनिधि सभाको निर्वाचनको मतदान जारी छ। केही स्थानमा सामान्य विवाद बाहेक देशभर शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ । विहान ७ बजेदेखि मतदान भइरहेको छ। उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

अहिलेसम्म उम्मेदवार रहेका अधिकांसले मत खसालेका छन्। शीर्ष तनि नेताहरु आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा मतदान गरेर आफू उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा हेलिकप्टरमार्फत पुगेका छन् । केही उम्मेदवारहरू मतदाता नामावली रहेको ठाउँमा मतदान गरेर उम्मेदवारी दिएको निर्वाचन क्षेत्र पुगेका छन भने कतिपय जाने क्रममै छन्।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मत खसालेर रुकुम पूर्व पुगिसकेका छन्। उनी हेलिकप्टरमार्फत आफू उम्मेदवार रहेको क्षेत्र पुगेका हुन्।

यसैगरी,नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौँ ४ को मैतिदेवी मतदान केन्द्रमा मत खसालेर सर्लाही ४ पुगेका छन्। उनको सचिवालयका अनुसार थापा हेलिकप्टरबाट सर्लाही ४ पुगेका हुन्। यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर केन्द्रमा मतदान गरेर स्थलमार्ग हुँदै चितवन पुगेका छन्।

उनी क्षेत्र चितवन–२ का उम्मेदवार हुन्। रवि आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम बनाएका छन्। प्रचण्ड र गगन हेलिबाटै निर्वाचन क्षेत्र पुग्दा रास्वपाकै वरिष्ठ नेता बालेन्द्र शाहको हेलिकप्टर यात्रा भने रोकिएको छ । विहानै सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मत खसालेर उनी झापाका लागि निस्किएका थिए ।

तर उनी सवार हेलिकप्टर बीच आकाशबाटै काठमाडौ फर्काइएको छ । सुरक्षाका कारण भन्दै बीचबाटै हेलि फकाइएको बालेनको सचिवालयले जनाएको छ । कोशी प्रहरी कार्यालयले भने मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकी फर्किएको बताएको छ ।

तर बालेनले हेलिबाट झापा ५ का मतदानस्थलको अवलोकन गर्ने सुचना पाएको भन्दै कोशी प्रदेशका मुख्यमन्त्रीले गुनासो गरेपछि बालेनको हेलि बीचबाटै फर्काईएको बुझिएको छ। एता बालेनसँगै प्रतिस्पर्धामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भक्तपुर क्षेत्र नम्बर २ मा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट मतदान गरेका छन् ।

ओली प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट उम्मेदवार छन्। मतदानपछि ओली आफू उम्मेदवार रहेको झापा ५ मा जाने कार्यक्रम थियो। तर, त्यसलाई स्थगित गरेर ओली भक्तपुरको गुण्डुमै बसेका एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिए।

बालेनको हेलि रोकिएपछि ओलीको समेत झापा जाने कार्यक्रम रोकिएको हो । बालेन हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं–झापा) उडानमार्फत् बालेनसहितको पाँच सदस्यीय टोली बिहान ०९ः१२ बजे झापा प्रस्थान गरेको थियो । तर, हेलिकप्टर डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै १०ः१० बजे अवतरण भएको छ ।

उता बिहीबार नै हेलिकप्टर चार्टर गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि झापा ५ आउने कार्यक्रम स्थगित भएको छ । बालेनको सचिवालयका एक सदस्यले भने एमालेले आत्तिएर बालेनलाई रोकेको बताएका छन्।

‘बालेन दाइ झापा आएपछि प्रभाव पार्ने डरले एमालेका नेताहरू आत्तिएर रोक्न खोजिएको हो। जतिसुकै रोके पनि रोकिने अवस्था छैन’, उनले भने, ‘हामीले हेलिकप्टरमार्फत् मतदान केन्द्रको अवलोकन गर्ने भनेका थिएनौँ। त्यस्तो मान्यता हामीमा थिएन। उहाँ हेलिकप्टरबाट झापा आएर गाडीमार्फत अवलोकन गर्ने योजना थियो ।’

बालेन हेलिकप्टरबाट आउने भएपछि झापा प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले माथिल्लो निकायमा खबर गरेका थिए । यसबारे कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीलाई जानकारी गराएपछि बालेनको हेलिकप्टर चार्टर्ड उडान बाटैबाट फिर्ता भएको हो ।

भर्खरको समाचार

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

सम्बन्धित खबरहरु

Scroll to Top