×

NEPAL TIMES UPDATES

Playing
Gagan Thapaले कांग्रेस सभापति पदबाट राजीनामा, अब के हुन्छ ?|| Nepal Times
Mar 19, 2026
Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

५ चैत्र २०८२

५ चैत , काठमाण्डौ ।

अमेरिका र इजरेलले इरानमाथि गरेको आक्रमणको २० औं दिन प्रवेश गर्दा पश्चिम एसियाको तनाव झनै बढ्दै गएको छ। इरानमा आक्रमणपछि उसले प्रतिआक्रमणका रुपमा खाडी राष्ट्रमाथि निशाना साँधेपछि अब कतारपनि इरानाविरुद्ध मोर्चामा उत्रिएको छ । कतारले आफ्नो देशमा रहेका इरानी दूतावासका सैन्य तथा सुरक्षा मामिला हेर्ने अधिकारी र उनीहरूका कर्मचारीहरूलाई ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरेको छ ।

Advertisement

इरानले बारम्बार गर्दै आएको आक्रमणको प्रतिक्रिया स्वरूप यो कठोर निर्णय लिइएको र उनीहरूलाई २४ घण्टाभित्र कतार छोड्न आदेश दिइएको कतारको विदेश मन्त्रालयले जनाएको छ । कतारको विदेश मन्त्रालयलका अनुसार इरानद्वारा भएका बारम्बारका आक्रमणहरूका कारण इरानी दूतावासमा कार्यरत सैन्य र सुरक्षा मामिला हेर्ने अधिकारी तथा उनीहरू मातहतका सम्पूर्ण कर्मचारीलाई ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरिएको हो ।

कतारको प्रमुख औद्योगिक क्षेत्र रास लफानमा इरानले मिसाइल आक्रमण गरेपछि कतारले यसको कडा भत्र्सना गरेको छ । कतारको परराष्ट्र मन्त्रालयले यस प्रहारलाई राज्यको सार्वभौमसत्ताको घोर उल्लङ्घन र राष्ट्रिय सुरक्षामाथिको प्रत्यक्ष खतरा भन्दै कडा प्रतिक्रिया दिएको हो । कतार इनर्जीका अनुसार गएराति भएको उक्त मिसाइल आक्रमणबाट रास लफान औद्योगिक सहरमा व्यापक क्षति पुगेको छ ।

इरानले आक्रमणअघि चेतावनी जारी गर्दै साउदी अरब, यूएई र कतारका विभिन्न स्थानहरू खाली गर्न आग्रह गरेको थियो। उसले केही घण्टाभित्र ती क्षेत्रमा हमला हुन सक्ने जनाएको थियो। यो चेतावनी इजरायली वायु सेनाले इरानको ग्यास प्रशोधन प्लान्टमा आक्रमण गरेपछि आएको हो।

इरानको अर्धसरकारी तस्नीम समाचार एजेन्सीका अनुसार, साउथ पार्स ग्यास फिल्डस्थित पेट्रोकेमिकल कम्प्लेक्सलाई निशाना बनाइएको छ, जुन विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र हो। कतारले आफूलाई जारी युद्धबाट टाढा राख्ने प्रयास गरे पनि इरानी पक्षले कतार र छिमेकी मुलुकहरूलाई निरन्तर निशाना बनाइरहेको मन्त्रालयको आरोप छ ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘इरानले अपनाएको यस्तो गैरजिम्मेवारपूर्ण शैलीले क्षेत्रीय सुरक्षामा बाधा पु¥याएको छ र अन्तर्राष्ट्रिय शान्तिलाई गम्भीर खतरामा पारेको छ।’ कतारले इरानको उत्तेजक राजनीतिले समग्र क्षेत्रलाई नै विनाशको खाडलतर्फ धकेलिरहेको चेतावनी समेत दिएको छ ।

कतारले यसअघि पनि नागरिक सुविधाहरू र ऊर्जा पूर्वाधारहरूलाई लक्षित नगर्न इरानलगायत सबै पक्षसँग बारम्बार आह्वान गर्दै आएको स्मरण गराएको छ। तर, पछिल्लो प्रत्यक्ष आक्रमणले कतारको संयमता र क्षेत्रीय शान्तिको प्रयासमा गम्भीर चुनौती थपेको विज्ञप्तिमा उल्लेख छ ।

उता साउदी अरबको रक्षा मन्त्रालयले राजधानी रियादलाई लक्षित गरी प्रहार गरिएका चार वटा ब्यालेस्टिक क्षेप्यास्त्रहरूलाई सफलतापूर्वक आकाशमै रोकेर नष्ट गरेको छ । ती मिसाइल शहरका विभिन्न भागमा खसेका कारण चार जना घाइते भएका छन्। यद्यपि साउदी नागरिक सुरक्षा महानिर्देशनालयले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, प्रारम्भिक मूल्याङ्कनमा अहिलेसम्म कुनै मानवीय क्षति वा भौतिक संरचनामा नोक्सानी भएको देखिएको छैन ।

क्षेप्यास्त्रहरूलाई आकाशमै ध्वस्त पारिएकाले तिनका टुक्राहरू (अवशेष) राजधानीका विभिन्न स्थानहरूमा छरिएका छन् । प्रशासनले सर्वसाधारणका लागि विशेष चेतावनी जारी गर्दै क्षेप्यास्त्रका टुक्राहरू खसेका क्षेत्रमा भिडभाड नगर्न, फोटो वा भिडियो खिच्ने प्रयास नगर्न र जोखिमपूर्ण क्षेत्रहरूबाट टाढै रहन आग्रह गरेको छ । साथै, कुनै पनि शङ्कास्पद वस्तु वा खतरा देखिएमा तुरुन्तै सुरक्षा निकायमा जानकारी गराउन समेत नागरिक सुरक्षा विभागले निर्देशन दिएको छ।

यस्तै खतरा बहराइनमा पनि रहेको छ । बहराइनको गृह मन्त्रालयले देशभर खतराको साइरन बजाउँदै नागरिकहरूलाई उच्च सतर्क रहन निर्देशन दिएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत एक आधिकारिक विज्ञप्ति जारी गर्दै सबै नागरिक र त्यहाँ बसोबास गर्ने विदेशी बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ लाग्न आग्रह गरेको हो ।

‘सबै नागरिक र बासिन्दाहरूलाई संयमता अपनाउन र शान्त रहन आग्रह गरिन्छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘तत्काल आफ्नो नजिकैको सुरक्षित स्थान वा आश्रयस्थलमा जानुहोला ।’ क्षेत्रीय तनाव बढ्दै गएका बेला बहराइनले सुरक्षा सतर्कताका लागि यो कदम चालेको हो ।

उता अमेरिकी सैन्य कारबाहीको नेतृत्व गरिरहेको युएस सेन्ट्रल कमाण्डले इरान विरुद्धको युद्धका बारेमा पछिल्लो विवरण सार्वजनिक गरेको छ । सेन्ट्रल कमाण्डका अनुसार हालसम्म इरानका ७ हजार ८ सय भन्दा बढी सैन्य लक्ष्यहरूमा सफल प्रहार गरिएको छ । सो सैन्य कारबाहीका क्रममा १२० भन्दा बढी इरानी जलसेनाका जहाजहरू क्षतिग्रस्त वा पूर्ण रूपमा नष्ट पारिएको कमाण्डले जनाएको छ ।

‘सेन्ट्रल कमाण्डका सेनाहरूले इरानी शासनको सुरक्षा संयन्त्रलाई ध्वस्त पार्नका लागि लक्षित गरी आक्रमण गरिरहेका छन्,’ कमाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अमेरिकी सेनाले विशेष गरी तत्काल सुरक्षा खतरा निम्त्याउन सक्ने स्थानहरूलाई प्राथमिकतामा राखेर प्रहार गरिरहेको उल्लेख गरेको छ ।

यस कारबाहीको मुख्य उद्देश्य इरानी सुरक्षा संयन्त्रलाई कमजोर बनाउनु रहेको सेन्ट्रल कमाण्डले स्पष्ट पारेको छ । अमेरिका र इजरायलले अब इरानको ऊर्जा प्रतिष्ठानमा हमला गर्न गर्न थालेका छन्। इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) सँग सम्बद्ध समाचार एजेन्सी ’तस्निम’ का अनुसार इरानको साउथ पार्स ग्यास फिल्डमा रहेको पेट्रोकेमिकल कम्प्लेक्समा हवाई आक्रमण भएको छ।

साउथ पार्स विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास फिल्ड हो, जहाँ इरान र कतारले आआफ्ना प्लान्ट सञ्चालन गर्छन्। ’तस्निम’का अनुसार आक्रमण बुधबार भएको हो। फार्स समाचार एजेन्सीले पनि तेस्रो, चौथो, पाँचौँ र छैटौँ चरणमा केही ग्यास भण्डार र पूर्वाधारलाई निसाना बनाइएको उल्लेख गरेको छ। बीबीसी फारसीका अनुसार असालुयेहका गभर्नर इस्कन्दर पासालरले भने, ‘शत्रुको आक्रमणले दक्षिण पार्सका धेरै भागमा असर गरेको छ।’

रिपोर्टअनुसार आक्रमणपछि कामदारहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

भर्खरको समाचार

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

सम्बन्धित खबरहरु

Scroll to Top