×

NEPAL TIMES UPDATES

Playing
भ्रमण भिसाबाट जोखिमपूर्ण रोजगारी, कम्बोडियाबाट २० नेपालीको उद्धार|| Nepal Times
Mar 19, 2026
Playing
यु द्ध काबीच होर्मुज स्ट्रेट पार गर्दै भारत आइपुग्यो तेल बोकेको जहाज || Nepal Times
Mar 19, 2026
Playing
यु द्ध का लागि पेन्टागनले माग्यो २००अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह||NepalTimes
Mar 19, 2026
Playing
गगनको राजीनामाबारे के भन्छ देउवा समूह ? || Nepal Times
Mar 19, 2026
Playing
रविले आफ्ना सांसदहरुलाई सुरुमै राइट टु रिकल किन सम्झाए ? || Nepal Times
Mar 19, 2026
Playing
इ*रानका ७ हजार लक्ष्यमा आक्र मण,विश्वकै ठूलो ग्यास उत्पादन क्षेत्र बचेन|| Nepal Times
Mar 19, 2026
Playing
Gagan Thapaले कांग्रेस सभापति पदबाट राजीनामा दिए,अब के हुन्छ ?|| Nepal Times
Mar 19, 2026
Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

५ चैत्र २०८२

५ चैत , काठमाण्डौ ।

कम्बोडियामा प्रलोभनको जालोमा फसेका २० जना नेपालीको उद्धार गरीएको छ। यो घटनाले वैदेशिक रोजगारीको जोखिम तथा अनलाइन स्क्यामिङको फन्दामा परेका नेपालीहरुको अवस्थाको वास्तविकतालाई थप स्पष्ट संग उजागर गरिदिएको।

Advertisement

कम्बोडियामा आकर्षक काम र दामको प्रलोभनमा परेर नर्कतुल्य जीवन बिताउन बाध्य २० जना नेपाली युवाको पछिल्लो उद्धारले वैदेशिक रोजगारीको क्षेत्रमा बढ्दै गएको ठगीको भयावह चित्रलाई पुनः सतहमा ल्याएको छ। बैंककस्थित नेपाली दूतावास र कम्बोडिया सरकारको समन्वयमा उद्धार गरिएका यी युवाहरू केवल बेरोजगारीको चपेटामा परेका प्रतिनिधि पात्र मात्र हुन्; यथार्थमा यो समस्या एउटा गहिरो संगठित अपराधको सञ्जालसँग जोडिएको छ।

तथ्याङ्कलाई केलाउँदा सन् २०२१ मा जम्मा १०१ जना नेपाली पुगेको यो देशमा सन् २०२५ सम्म आइपुग्दा झण्डै १० हजारको हाराहारीमा मानिसहरू पुग्नुले त्यहाँको श्रम बजारमा नेपालीहरूको बढ्दो आकर्षणभन्दा पनि ’मानव तस्कर’हरूको सक्रियता बढेको प्रष्ट पार्छ।

पर्यटन भिसामा गएर अनलाइन स्क्यामिङ, अवैध क्यासिनो र साइबर अपराध जस्ता गैरकानुनी कार्यमा जबर्जस्ती लगाइने गरिएको पाइएको छ । यो घटनाले वैदेशिक रोजगारीको नाममा भइरहेको जोखिमपूर्ण आप्रवासन र त्यससँग जोडिएको अपराध चक्रबारे गम्भीर प्रश्न उठाएको छ।

अन्य अलपत्र परेका अन्य व्यक्तिहरु पनि रहेको सूचना प्राप्त भएको र उनीहरुलाई पनि फर्काउन पहल भइरहेको दूतावासले जानकारी दिएको छ । कम्बोडियामा कठिन अवस्थामा रहेका नेपालीहरुलाई बैंककस्थित दूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु (शिवराज पराजुली +८५५ १२ २१५ ५७८, लालसिहं खडका +८५५ ९३ २०३ ६६६, रामजीकुमार क्षेत्री +८५५ ९६ ३४६ ५७८८ )लाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

आकर्षक तलब, सजिलो काम र छिटो कमाइ हुने झुटा आश्वासनमा परेर विदेशिने नेपाली युवाहरूको संख्या बढ्दै जाँदा उनीहरू अवैध नेटवर्कको जालमा फस्ने घटनाहरू पनि उस्तै तीव्र गतिमा बढिरहेका छन्। काठमाडौं लगायत देशका विभिन्न भागबाट गएका यी युवाहरू अन्ततः अनलाइन स्क्यामिङ, क्यासिनो र अन्य गैरकानुनी गतिविधिमा जबरजस्ती लगाइने अवस्थासम्म पुगेको तथ्यले समस्या कति भयावह छ भन्ने प्रस्ट देखाउँछ।

यस घटनामा बैंकक स्थित नेपाली दूतावासको सक्रिय पहल, गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहजीकरण तथा कम्बोडियाली सरकारी निकायहरूको सहयोगले उद्धार सम्भव भएको हो। उद्धार गरिएका व्यक्तिहरूलाई शीघ्र रूपमा स्वदेश फर्काइनु सकारात्मक पक्ष भए पनि यो केवल तत्कालीन समाधान मात्र हो।

किनभने अझै पनि त्यही क्षेत्रमा अलपत्र परेका अन्य नेपालीहरू रहेको सूचना प्राप्त भइरहेको छ, जसले समस्या अझ व्यापक रहेको संकेत दिन्छ। कतिपय अवस्थामा उनीहरूलाई धम्की, हिंसा र मानसिक दबाबमार्फत नियन्त्रणमा राखिन्छ । वैध कागजात वा भिसा नभएको अवस्थाले उनीहरूलाई कानुनी रूपमा पनि कमजोर बनाउँछ, जसका कारण उद्धार प्रक्रिया झन् जटिल बन्ने गर्छ।

पछिल्ला वर्षहरूको तथ्याङ्कले कम्बोडिया जाने नेपालीहरूको संख्या अस्वाभाविक रूपमा बढेको देखाउँछ। सन् २०२१ मा मात्र १०१ जना पुगेका नेपालीहरू २०२२ मा १९७७, २०२३ मा २९४०, २०२४ मा ६,४०४ र २०२५ मा झण्डै ९ हजारभन्दा बढी पुगेको तथ्याङक छ ।

कम्बोडिया, लाओस र म्यानमार जस्ता देशहरूमा नेपालीहरू कसरी र कुन माध्यमबाट ठूलो संख्यामा पुगिरहेका छन् भन्नेबारे सुक्ष्म अनुसन्धान गरी सेटिङको जालो नतोडेसम्म यस्ता घटनाहरू दोहोरिरहने निश्चित छ । त्यस्तै, ठगीमा संलग्न अन्तर्राष्ट्रिय नेटवर्कमाथि कडा कारबाहीका लागि द्विपक्षीय तथा बहुपक्षीय कूटनीतिक पहल पनि अपरिहार्य हुन्छ।

केवल उद्धार र फिर्ता पठाउने कामले मात्र समस्या समाधान हुँदैन। यसको मूल कारण बेरोजगारी, सूचना अभाव र छिटो धनी बन्ने चाहना—सम्बोधन नगरेसम्म यस्ता घटनाहरू दोहोरिरहने छन्।यो घटना एक चेतावनीका रूपमा लिनुपर्ने देखिन्छ। छोटो समयमा धेरै पैसा कमाउने प्रलोभनमा परेर अवैध बाटो रोज्नु भनेको आफ्नै जीवनलाई जोखिममा राख्नु हो।

सरकारले वैदेशिक रोजगारीका सुरक्षित गन्तव्य र कानुनी प्रक्रियाबारे व्यापक जनचेतना फैलाउनुका साथै कम्बोडिया जस्ता देशहरूसँग द्विपक्षीय श्रम सम्झौता वा कडा निगरानी संयन्त्र विकास गर्न अब ढिलाइ गर्नु हुँदैन। अहिले उद्धार गरिएका २० जना त फर्कन सफल भए, तर अझै पनि त्यहाँ बन्द कोठाहरूमा कति नेपालीहरू उद्धारको पर्खाइमा छटपटाइरहेका होलान् भन्ने प्रश्नले गिज्याइरहेको छ।

भर्खरको समाचार

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

सम्बन्धित खबरहरु

Scroll to Top