×

NEPAL TIMES UPDATES

Playing
‘लियोले सबै शंका समाप्त गर्दिए’ || Nepal Times
Mar 19, 2026
Playing
Top 15 Afternoon News || March-19-2026 || Nepal Times
Mar 19, 2026
Playing
भ्रमण भिसाबाट जोखिमपूर्ण रोजगारी, कम्बोडियाबाट २० नेपालीको उद्धार|| Nepal Times
Mar 19, 2026
Playing
यु द्ध काबीच होर्मुज स्ट्रेट पार गर्दै भारत आइपुग्यो तेल बोकेको जहाज || Nepal Times
Mar 19, 2026
Playing
यु द्ध का लागि पेन्टागनले माग्यो २००अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह||NepalTimes
Mar 19, 2026
Playing
गगनको राजीनामाबारे के भन्छ देउवा समूह ? || Nepal Times
Mar 19, 2026
Playing
रविले आफ्ना सांसदहरुलाई सुरुमै राइट टु रिकल किन सम्झाए ? || Nepal Times
Mar 19, 2026
Playing
इ*रानका ७ हजार लक्ष्यमा आक्र मण,विश्वकै ठूलो ग्यास उत्पादन क्षेत्र बचेन|| Nepal Times
Mar 19, 2026
Playing
Gagan Thapaले कांग्रेस सभापति पदबाट राजीनामा दिए,अब के हुन्छ ?|| Nepal Times
Mar 19, 2026
Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

५ चैत्र २०८२

५ चैत , काठमाण्डौ ।

’यो निर्वाचनमा नेपाली कांग्रेसले कम मत पायो, तपाईंले हार्नु भयो भने आफूमाथि उठ्ने नैतिक प्रश्नको तपाईं के गर्नुहुन्छ ? राजीनामा दिनुहुन्छ ?’ बीबीसी न्युज नेपालीले चुनावअघि कांग्रेस सभापति गगन थापालाई सोधेको प्रश्न हो यो। जवाफमा गगनले भनेका थिए, ’मैले त्यो बेला राजनीतिक नैतिकताको प्रदर्शन गर्ने कुरामा मबाट कुनै पनि चुक हुँदैन। राजनीतिक नैतिकताको कसीमा जित्दा वा हार्दा, कुनै पनि अवस्थामा चुक्ने कुरा हुँदैन।’

Advertisement

गगनले आज ढिलै भएपछि राजीनामा दिएर आफूलाई राजनीतिक नैतिकताको कसीमा उतारेका छन । गगन थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाएका हुन् । अब भोलि शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकको गगन थापा सहभागी नहुने एक नेताले बताएका छन् ।

त्यसैले बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन् । सो बैठकमा शर्माले थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेस गर्ने तयारी गरेको बताइएको छ । ‘उपसभापति शर्माले चुनावमा पराजित हुनुको कारण एकल व्यक्ति नभएको र विशेष महाधिवेशनबाट चुनिएर आएको नेतृत्व छोटो समयको तयारीमा चुनावमा होमिनु परेको लगायतका कारण बैठकलाई जानकारी गराउँदै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि बैठकमा पेश गर्नुहुन्छ,’ कांग्रेसका एक पदाधिकारीले भने ।

यसअघि कांग्रेसले सबै निर्वाचन क्षेत्रमा परिपत्र गरेर निर्वाचनमा विजय–पराजय दुवैको कारणसहित रिपोर्ट पेस गर्न भनेको थियो । प्राप्त भएका रिपोर्टको साझा निष्कर्ष समेत उपसभापति शर्माले बैठकमा जानकारी गराउने बताइएको छ । त्यसपछि बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने तयारी गरिएको कांग्रेसका एक पदाधिकारीले बताएका छन् ।

यसरी हेर्दा गगनले दिएको राजीनामा देखावटी मात्रै रहने देखिएकोछ । किन कि गगनको राजीनामा बारे निर्णय हुने पदाधिकारीका २ सदस्य बाहेक सबै पराजित भएका छन् । यसैले गगनको राजीनामा स्वीकृत गर्दा उनीहरुमाथि समेत दबाब पर्नेछ । गगनले निर्वाचनमा पराजित भए लगत्तै राजीनामा दिन खोजे पनि उपसभापति विश्वप्रकाश शर्मा लगातयतका नेताहरुले रोकेको खबर बाहिरिएको थियो ।

जसलाई मिडिया ट्रायलका रुपमा ब्याख्या गरियो । ललितपुर लगायतका विभिन्न जिल्लाका नेताहरुले राजीनामा दिन नहुने भन्दै संयुक्त विज्ञप्ति नै जारी गरेका थिए । तर बुधबारको शीर्ष तहका नेताहरुको बैठकमा थापाले उपसभापति शर्मालाई राजीनामा पत्र बुझाएका छन् ।

राजनीतिमा नैतिकता दुर्लभ मूल्य हो। अझ नेपालमा त, यसका उदाहरणहरू विरलै भेटिन्छन्। नैतिकता कानूनी प्रश्न पनि हैन, यो त केवल नेतृत्वको विवेक र आत्मानुशासनसँग सम्बन्धित व्यक्तिगत मानक हो। अनि गगनको नैतिकता कांग्रेसको संस्कारसँग जोडिएको प्रश्न हो। १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि डा मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा गरेको धेरै भएको छैन।

लोकतन्त्रमा पार्टीको चुनावी जित वा हारको जिम्मेवारी नैतिक रूपमा नेतृत्वसँगै जोडिएको हुन्छ। नेतृत्वको क्षमता, रणनीतिक दृष्टि, सङ्गठनात्मक गतिशीलता र जनविश्वास जस्ता तत्त्वहरूले हार वा जितलाई प्रभाव परेको हुन्छ। त्यसै पनि ’लोकतन्त्रको ग्यारेन्टी’ मानिंदै आएका गगनलाई नैतिकताको प्रश्न उठ्नु स्वाभाविक छ।

किनभने नैतिकता भनेको आफ्नो नेतृत्वका सीमा र कमजोरीलाई आत्मालोचनात्मक रूपमा स्वीकार गर्नु, सङ्गठनलाई नयाँ ऊर्जा दिनु तथा लोकतान्त्रिक संस्कारलाई सुदृढ बनाउनु हो। अर्थात् अहिलेको अवस्थामा नैतिकता देखाउनु कांग्रेसलाई फेरि शून्यबाट उठाउने प्रण गर्नु हो। गगनले राजीनामा पत्रमा यस्तै विषय उठाएका छन् ।

उनले लेखेका छन्, विशेष महाधिवेशनपछि पार्टी सभापतिको जिम्मेवारी सम्हाल्दै अत्यन्त छोटो समयमै निर्वाचनमा पार्टीको नेतृत्व गर्नु मेरो लागि अवसर र चुनौती दुवै थियो। विशेष महाधिवेशनले केवल नेतृत्व परिवर्तन मात्र गरेको थिएन, त्यो नेपाली कांग्रेसभित्र बहुआयामिक सुधार र आत्मसमीक्षाको सुरूवात पनि थियो। पार्टीभित्र सुरू भएको परिवर्तनले कार्यकर्तामा उत्साह जगाए पनि आम मतदातासम्म ‘बदलिएको कांग्रेस’ को सन्देश प्रभावकारी रूपमा पु¥याउन पर्याप्त समय प्राप्त हुन सकेन। यसपटकको परिणामका प्रमुख कारणहरूमध्ये समयको यो सीमितता मुख्य कारण रहेको मेरो बुझाइ छ। म स्पष्ट छु– यदि विशेष महाधिवेशन सम्पन्न नभई निर्वाचनको सामना गर्नुपरेको भए परिस्थिति र परिणाम अझ प्रतिकूल हुन्थ्यो। तथापि यस निर्वाचनमा पार्टी मेरो नेतृत्वमा सहभागी भएको थियो, त्यसैले मैले कति समय जिम्मेवारी सम्हालेँ वा कुन अवस्थामा सम्हालेँ वा नसम्हालेको भए के हुन्थ्यो भन्ने विषय गौण हो। वर्तमान परिणामप्रतिको जबाफदेहिता मेरो हो भन्नेमा म पूर्णतः स्पष्ट छु। निर्वाचन सम्पन्न भएलगत्तै मैले राजीनामा दिने मनस्थिति बनाएको थिएँ तर निर्वाचनसँग सम्बन्धित आफ्नो जिम्मेवारीसँग जोडिएका अन्य आवश्यक कार्यहरू सम्पन्न गर्नुपर्ने भएकोले ती सम्पन्न गर्नासाथ मैले यो राजीनामा पेस गरेको हुँ। आगामी दिनहरूमा म देशका विभिन्न भागमा पुगेर पार्टीका साथीहरूसँग र आम नागरिकसँग संवाद गर्नेछु, उहाँहरूको भावना बुझ्नेछु र सुझाव सुन्नेछु। नेपाली कांग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप उर्जाका साथ संलग्न रहनेछु। आज मैले पार्टीको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन। त्यसैले मेरो यो निर्णय अन्त्य होइन– यो त नेपाली कांग्रेसको आत्मसमीक्षा, जबाफदेहिता र पुनर्जागरणतर्फको एउटा प्रारम्भिक कदम हो।

अहिले गगन नेतृत्वमा चुनावमा होमिएको कांग्रेसमा एजेन्डा, अभियान र रणनीतिमा गम्भीर कमजोरी भएको चर्चा भइरहेको छ। विश्लेषक गोविन्द परियारका अनुसार चुनावी अभियानमा के विषय समेट्ने भन्नेमा पूरै नेतृत्व अस्पष्ट थियो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बलमा संसद् विघटन गरेर भएको चुनावमा जेनजी आन्दोलनलाई हेर्ने स्पष्टता थिएन।

बालेन रास्वपामा प्रवेश गरिसकेपछि जेनजी आन्दोलनको ‘स्टेकहोल्डर’ त्यही दल थियो। उसले चुनावमा जेनजी आन्दोलनकै एजेन्डा लिएर गयो। जसको व्यापक जनअनुमोदन पनि भयो। तर, गगनहरूले विगतमा कांग्रेसले मुलुकका लागि खत्तमै ग¥यो, त्यसैले हामीले विशेष महाधिवेशन गरेर ‘पुराना नेताहरूलाई साइड लगाइदियौँ, अब हामी देश बनाउँछौँ’ भन्ने जस्तो भाष्य बोकेर चुनावमा होमियो।

जसले कांग्रेसलाई भोट हाल्दै आएका मतदाता पनि अलमलमा परेर यस पटक मत बदल्न बाध्य भए। कांग्रेसको प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रममा न शेखर कोइरालालाई बोलाइयो, न प्रकाशमान सिंहलाई, न बीपीपुत्र शशांक कोइरालालाई नै। सभापति र उपसभापतिको बडेमानको फोटो राखेर जनकपुरमा प्रतिबद्धता सार्वजनिक गरेपछि नै कांग्रेसको आन्तरिक विभाजन थप स्पष्ट देखिएको हो।

पार्टीमा अरूको अस्तित्व स्वीकार नगर्ने वर्तमान नेतृत्वको हठले नै यो चुनावमा देशभरि एकताको सन्देश दिन नसकेको गगनमाथि आरोप छ। चुनावमा पुराना नेताहरूलाई सक्रिय नबनाउने रणनीति, विशेष महाधिवेशनमा नगएका नेताहरू भ्रष्ट हुन् भन्ने भाष्य बनाएपछि पार्टीको आन्तरिक एकता थप खलबलिएको एकथरिको बुझाई छ।

३८ सिट मात्र ल्याएपछि अहिले गगन आफूले के गर्ने र कसरी अघि बढ्ने भनेर समीक्षा गरिरहेको बताइन्छ। ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भनेर चुनावमा गए। लोकप्रिय युवा नेता सभापति भएको मौकामा भावी प्रधानमन्त्रीमा समेत गगन नै प्रस्तावित थिए। तर पनि रास्वपाको वेगलाई रोक्न नसक्दा कुनै पनि शीर्ष नेता जित्न सकेनन्। पदाधिकारीहरू सबैले निर्वाचन हारे।

यसैबीच निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने गगनको राजीनामा मागिरहेको छ। अरूलाई नैतिकताको प्रश्न उठाउँदै आएका गगनको हकमा भने नैतिकताको प्रश्न कता गयो भन्दै प्रश्न उठाए । देउवा समूहका नेता तथा राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले हाकाहाकी राजीनामा मागे। माघ ६ गते कांग्रेसले १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएको थियो।

तर फागुन २१ को चुनावमा १८ क्षेत्रमा मात्रै जितेको थियो। प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कांग्रेसले ३८ सिट जित्दै दोस्रो भएको छ भने रास्वपा झन्डै दुई तिहाइ सिटसहित पहिलो पार्टी बनेको छ। अब राजीनामा दिइसकेका गगनले लिने निर्णयबाट कांग्रेस फेरि एकजुट हुनसक्छ ।

अहिले पनि देउवा र शेखर कोइराला पक्षधर गगनलाई सभापति मान्न तयार भएको देखिंदैन। यसले कांग्रेसलाई झन्झन् क्षत–विक्षत बनाएको छ। गगन सभापति निर्वाचित भएको आधिकारिकताको मुद्दा अझै सर्वोच्चमा विचाराधीन छ । कांग्रेसमा नियमित महाधिवेशनको पनि माग भइरहेको छ।

विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने हुन्छ । अब नेतृत्वले सबैलाई मिलाएर लैजाने खुबी राख्नुपर्ने भन्ने गिरिजाप्रसाद कोइरालाको अनुयायीको नाताले पनि अब गगनको निर्णय र बाटो महत्वपूर्ण हुन्छ।

भर्खरको समाचार

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

सम्बन्धित खबरहरु

Scroll to Top