२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

१८ असार ८३, शुक्रबार

१९ असार , काठमाण्डौ।

मिकेल ओयारजाबलको उत्कृष्ट प्रदर्शनसहितको २ गोल र र पेड्रो पोरोको एक गोलको सहयोगमा स्पेनले ३–० को जित निकाल्दा ’राउन्ड अफ ३२’ मा अस्ट्रियाको विश्वकप यात्रा टुंगिएको छ । लुइस डे ला फुएन्टेको प्रशिक्षणमा रहेको युरोपेली च्याम्पियन टोलीको यस सहज जितसँगै अन्तिम १६ मा आफूलाई सुरक्षित पारेको हो ।

लस एन्जलसमा अस्ट्रियाविरुद्ध ३–० को सहज जित निकाल्दै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । गोलकिपरमाथि फाउल भएको भन्दै मार्क कुकुरेलाको गोल विवादास्पद रूपमा रद्द हुँदा स्पेन निराश बनेको थियो । तर उच्च मनोबलका साथ खेलेको अस्ट्रियाका लागि त्यो केवल क्षणिक राहत मात्र साबित भयो ।

Advertisement

पहिलो हाफको अन्त्यतिर मिकेल ओयारजाबलले गोलको खाता खोले र त्यसपछि खेलमा अस्ट्रियाको पुनरागमनको कुनै सम्भावना रहेन । प्रशिक्षक राल्फ राङनिकले अष्ट्रियालाई नकआउट चरणमा स्थान पक्का गर्न मद्दत पु¥याउने त्यही नाटकीय रणनीति दोहो¥याउने प्रयास गरे ।

अल्जेरियाविरुद्धको खेलमा ’स्टपेज–टाइम’ (अतिरिक्त समय) मा नायक बनेका सासा कालाज्जिकलाई मैदानमा उतारेर। ती अग्ला स्ट्राइकर बराबरी गोलको नजिक पुगेका थिए, तर यसपटक भने उनको हेडर बारभन्दा माथिबाट बाहिरियो।

Advertisement

त्यसको केही समयपछि नै पेड्रो पोरोले नजिकैबाट हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए र अस्ट्रियाको पुनरागमनको आशा समाप्त पारे । यस्तै कुकुरेलाको पासलाई गोलमा परिणत गर्दै ओयारजाबलले प्रभावशाली जित सुनिश्चित गर्दै विश्वकपका अन्य दाबेदार टोलीहरूलाई बलियो सन्देश दिए ।

समूह चरणमा स्पेनको प्रदर्शन केही फिक्का थियो, जसमा केप भर्डेविरुद्धको बराबरी खेल विशेष चर्चामा रह्यो। तर, लुइस डे ला फुएन्तेको टोलीले यस प्रतियोगितामा अहिलेसम्म कुनै गोल खाएको छैन र प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलहरूमा निर्धारित ९० मिनेटको समयभित्र टोली लगातार ३४ खेलसम्म अपराजित रहेको छ ।

मैदानको अर्को छेउमा लामिन यामालले आफ्नो अद्भुत क्षमताको झलक प्रस्तुत गरे; उनीबाट भविष्यमा अझ धेरै उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्न सकिन्छ। यदि स्पेनले आफ्नो रक्षापंक्ति (डिफेन्स) लाई बलियो बनाइराख्न सक्यो भने, उनीहरूसँग बलिया टोलीहरूलाई पनि परास्त गर्ने क्षमता छ ।

स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप उपाधि जितेपछि विश्वकपमा नकआउट चरणमा पहिलो पटक गोल गर्दै जित पनि निकालेको हो । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जितेपछि स्पेनले विश्वकपको नकआउट चरणमा हात पारेको यो पहिलो जित हो ।

लस एन्जल स्टेडियममा भएको खेलमा मिकेल ओयारजाबलले ३६औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए । मार्क कुकुरेलाको पासमा गोललाई सम्भव बनाएका ओयाजाबालको यो गोल सन् २०१० को विश्वकपमा फाइनल आन्द्रेस इनेस्टाले नेदरल्यान्ड्स विरुद्ध गरेको गोलपछि विश्वकपको नकआउट चरणमा स्पेनको गरेको पहिलो गोल बन्यो ।

पूर्वाद्धको खेलमा स्पेनले गोलका धेरै राम्रा प्रयासहरु गरे पनि अस्ट्रियाका गोलरक्षक अलेजान्डर स्लागाले उत्कृष्ट बचाउ गरे । २९औं मिनेटमा स्पेनका मार्क कुकुरेलाको गोल गरे तर गोलरक्षक स्लागामाथि अवरोध गरेको भन्दै रेफ्रीले गोलको मान्यता दिन अस्वीकार गरे ।

पहिलो हाफको इन्ज्योरी टाइमको दोस्रो मिनेटमा एलेक्स बाएनाको फ्रिकिक बारमा लागेर फर्कँदा स्पेनले अग्रता दोब्बर पार्ने राम्रो मौका गुमाएको थियो । रिबाउन्ड भएको बललाई यमालले गरेको प्रहार गोलकिपर स्लागाले उत्कृष्ठ ढंगबाट बचाए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको स्पेनले दोस्रो हाफमा थप दुई गोल गुर्न सफल भएको थियो । पेड्रो पोरोले ६६औं मिनेटको गोल आफ्नो नाममा लेखाउँदा उनले स्पेनका लागि पहिलो अन्तर्राष्ट्रिय गोल समेत गर्न सफल भए । त्यसपछि पालो फेरि ओयारजाबलको थियो ।

उनले खेलको ८९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पनेको विजय सुनिश्चित गरेका थिए । अष्ट्रियाविरुद्धको २ गोल जारी विश्वकपमा ओयारजाबलको गोल संख्यामा ४ पुगेको छ । र, उनीपनि गोल्डेन बुटको दाबेदारहरुको दौडमा मिसिएका छन् । यस अघि ओयारजाबलले समूह चरणको खेलमा साउदी अरेबिया विरुद्ध २ गोल गर्न सफल भएका थिए ।

ओयारजाबल सर्वाधिक गोल गर्ने स्ट्राइकरको सूचीमा छैटौं स्थानमा उक्लिन सफल भएका छन् । फ्रान्सका कप्तान किलियन एम्बाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीको नाममा समान ६÷६ गोल छ भने नर्वेका एर्लिङ हालान्ड र इंग्ल्यान्डका कप्तान ह्यारी केनले समान ५–५ गोल गरेका छन् ।

यस्तै फ्रान्सका उसमान डेम्बेलेले पनि ४ गोल गरेका छन् । तर उनको नाममा २ असिस्ट पनि रहेकोले दौडमा ओयाजाबाल भन्दा अघि छन् । ओयारजाबल, ब्राजिलमा भिनिसियस जुनियर र सेनेगलका इस्माइला सारले समान ४ गोल र १÷१ असिस्ट गरेका छन् । तर यसमा ओयारजाबलले कम समय खेलेकोले दौडमा उनी अघि छन् ।

अल्भारो मोराटाको कप्तानीमा स्पेनले युरो २०२४ को उपाधि जितेको थियो । तर उनले खेलेका सात खेलमध्ये (जसमा ६ पटक उनी सुरुवाती टोलीमा थिए) मात्र एक गोल गर्न सकेका थिए। लुइस डे ला फुएन्टेको टोलीले यस प्रतियोगिताको तुलनामा युरोमा अलि बढी सहज र लयबद्ध खेल प्रदर्शन गरेको थियो ।

तर ओयाजबालको भूमिका भने बिल्कुलै फरक र विशेष देखिएको छ यसपटक । यो खेलसँगै स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयमसम्म गोल नखाने नयाँ कीर्तिमान कोरेका छन् । उनले सन् १९९० मा इटालीका वाल्टर जेंगाले लगातार ५१८ मिनेटसम्म गोल नखाइ बनाएको कीर्तिमान तोडेका हुन् ।

सन् २०२२ मा कतारमा भएको विश्वकपमा समूह चरणको अन्तिम खेलमा जापानसँग २–१ ले पराजित हुँदा सिमोनले निर्धारित समय भित्र गोल खाएका थिए । त्यस खेलमा ५१औं मिनेटमा सिमोनले जापानका आओ तनाकाको प्रहार रोक्न असफल भएका थिए । त्यस यता सिमोनले विश्वकपमा कुनै गोल खाएका छैनन् ।

उक्त विश्वकपको अन्तिम १६ मा मोरक्कोसँग पेनाल्टीसुटआउटमा ३–० ले पराजित भएपनि नियमित समयमा उनले गोल खाएका थिएनन् । जितपछि सञ्चारकर्मीसँग ओयारजाबालले आफ्नो टोलीलाई मद्दत गर्न पाउँदा खुसी लागेको बताए । उनले अगाडि थपे – म टोलीलाई मद्दत गर्न र अर्को चरणमा पुग्न पाउँदा खुसी छु। अब हामीलाई आराम गर्न आवश्यक छ। तिनीहरू शारीरिक रूपमा कमजोर थिए तर हाम्रो खेल पनि नराम्रो रहेन, राम्रो खेल खेल्यौं । यस्तै स्पेनका मुख्य प्रशिक्षक डे ला फुएन्तेः हामी अझ राम्रो गर्न सक्छौं!

यस्तै स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्ते भन्छन् – “हामीलाई थाहा थियो कि यो एउटा महत्त्वपूर्ण खेल हुनेछ, विशेष गरी नकआउट चरणमा। हामीले अघिल्ला खेलहरूलाई पनि ध्यानमा राखेका थियौं र हरेक पक्षमा हामी लगभग उत्कृष्ट थियौं। “तर अझै पनि केही साना कुराहरूमा सुधार गर्न बाँकी छ। हामी सधैं अझ राम्रो गर्न सक्छौं। हरेक खेल अघिल्लो खेलभन्दा कठिन हुँदै जानेछ। हामीले यही मानसिकता कायम राख्नुपर्छ।“ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top