केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

१८ असार ८३, शुक्रबार

१९ असार , काठमाण्डौ।

पेट्रोलिय पदार्थको मूल्य घटेपछि मनोमानी रुपमा निगमबाट तेल नठाएको भन्दै काठमाडौं उपत्याकासहित देशका प्रमुख शहरका पेट्रोल पम्पहरु बन्द गरिएपछि सरकारको फास्ट ट्रयाकबाट ठूलो जरिवानासहितको कानून तयार गरेको छ ।

नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि बनाइएको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गर्दै उचित कारणबिना पेट्रोलपम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने तथा पाँचदेखि १५ दिनसम्म पेट्रोल र डिजेलको आपूर्ति रोक्का गर्ने कानुनी व्यवस्था गरेको हो ।

Advertisement

पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमका डिपोबाट इन्धन नउठाएपछि बुधबार बिहानदेखि देशभर इन्धन आपूर्तिमा असहज अवस्था सिर्जना भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित बनाउने व्यवसायीमाथि कारबाही गर्न स्पष्ट कानुनी आधार नभेटिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बुधबार साँझ नै नयाँ कानुनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन्।

मन्त्री यादवको निर्देशनलगत्तै बुधबार साँझ बसेको निगमको सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ को दफा २९(घ)(१०) मा ‘बिक्रेताले नोजल सुक्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने’ भन्ने व्यवस्था थप गरेको छ।

Advertisement

संशोधित व्यवस्थाअनुसार पहिलो पटक उक्त कसुर गरेमा तीन लाख रुपैयाँ जरिवाना गरी पाँच दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक कसुर दोहोरिएमा छ लाख रुपैयाँ जरिवानासहित १० दिनसम्म आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक पनि उल्लंघन गरेमा १० लाख रुपैयाँ जरिवानासहित १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिने व्यवस्था गरिएको छ।

यो व्यवस्थासँगै अब कुनै पनि पेट्रोलपम्पले उचित कारणबिना सेवा बन्द गरी कृत्रिम अभाव सिर्जना गरेको पाइए कानुनबमोजिम कारबाही गरिने सुनिश्चित भएको निगमले जनाएको छ। पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज भएको थियो ।

अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायीलाई कारबाही गर्ने कानुनी आधारसमेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री गौरीकुमारी यादवले बुधबार साँझ नै नयाँ कानुनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन्। यो व्यवस्थाका कारण आउँदा दिनमा कुनै पनि पेट्रोलपम्प उचित कारण बिना बन्द गरेको भेट्टिए कारबाही हुने सुनिश्चित भएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

इरान युद्धका कारण आकाशिएको पेट्रोलियम पदार्थको मूल्यमा एकै पटक भारी गिरावट आएको छ। अमेरिका–इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यका कारण लामो समयदेखि महँगिएको पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादव र नेपाल आयल निगमका अधिकारीहरूबीच भएको छलफलपछि मंगलबारदेखि इन्धनको मूल्य घटाउने निर्णय गरिएको छ। साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँले, डिजेल÷मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले र एल.पी. ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ ।

यससँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल÷मट्टितेलको मूल्य क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गमा १९२ रुपैयाँ ५० पैसा, १९४ रुपैयाँ र १९५ रुपैयाँ कायम भएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ २२९ रुपैयाँ कायम भएको निगमले जानकारी दिएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०६० र आधा सिलिन्डर १०३० रुपैयाँ कायम भएको छ । हाल पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधार स्वरुप इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १५.०९ ले, डिजेलमा रु. २९.४६ ले, र हवाई इन्धनमा प्रति लिटर रु. २९.४२ ले तथा एल. पि. ग्याँसमा समेत घटेर आएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, डिजेल÷मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ लगायतका क्षेत्रमा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ, डिजेल÷मट्टितेल प्रतिलिटर १९४ रुपैयाँ पर्नेछ ।

त्यस्तै काठमाडौं, पोखरा र दिपायल लगायत क्षेत्रमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ, डिजेल÷मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ पर्नेछ । त्यस्तै एल.पी. ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ पर्नेछ भने आधा सिलिन्डरको १ हजार ३० रुपैयाँ पर्नेछ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २२९ रुपैयाँ पर्नेछ ।

इन्धनको मूल्य घटेसँगै सडक र हवाइ मार्गको भाडा दर समायोजन भइसकेको छ । सडक यातायातको भाडादर हिजो मात्रै २ प्रतिशतले घटाइएको छ भने हवाइ भाडा समेत समायोजन गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top