×

NEPAL TIMES UPDATES

Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026

नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग,कृष्णले भने छानविन हुन्छ

५ जेष्ठ २०८३

५ जेठ , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपको विषयले प्रतिनिधि सभामा प्रवेश पाएको छ । मंगलबारको बैठकमा नेकपा (एमाले) की सांसद पार्वती विकले कार्कीमाथि लागेको आरोपबारे सदनको ध्यानाकर्षण गराउँदै यथार्थ सार्वजनिक गर्न माग गरेकी हुन् ।

Advertisement
Advertisement

सांसद कार्कीले एक नाइजेरियाली युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको भन्ने दाबीसहितका सामग्री सार्वजनिक भएपछि यो विषयले राजनीतिक रूप लिएको हो ।  संसदमा बोल्दै सांसद विकले भनिन्, ‘सत्तापक्षका एक सांसदले विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता पारेको चर्चा सामाजिक सञ्जालमा व्याप्त छ। यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको प्रतिष्ठामाथि गम्भीर प्रश्न उठाएको छ।’

उनले यो प्रकरणले राष्ट्रियता र नेपाललाई हेर्ने वैदेशिक दृष्टिकोणमा नकारात्मक असर पुग्ने भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिए सांसद कार्कीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेकी छिन् । त्यस्तै सांसद निनुकुमारी कर्णले विदेशी महिलालाई प्रेम जालमा फसाएर अलपत्र पार्ने जनप्रतिनिधिले राष्ट्रका नागरिकलाई कसरी सुरक्षा दिन सक्छ ? भन्दै प्रश्न गरिन् ।

पीडित महिलाले न्याय पाउनु पर्ने र दोषीमाथि कारबाही हुनुपर्छ । सरकारसँग यसविषयमा सत्यतथ्य सरकारले जानकारी दिनु पर्ने उनले माग गरिन् । उनले सांसद कार्कीको नाम नलिइ नाइजेरियन महिलाले आफूलाई गर्भवती बनाएर सांसद् बेपत्ता भएको भन्दै खोजी गरिरहेको बताइन् ।

“एक नाइजेरियन महिलाले आफू गर्भवती भएको अवस्थामा सम्बन्धित सांसद सम्पर्कविहीन भएको भन्दै सडकमा न्याय खोजिरहेकी छन्,” उनले भनिन्, “एउटा विदेशी महिलालाई प्रेम जालमा फसाउने, भावनात्मक ब्ल्याकमेल र जालझेलमा पारेर फसाएर अलपत्र पार्ने जनप्रतिनिधिले आफ्नो राष्ट्रको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ ?” उनले नारीको मनमा गम्भीर प्रश्न उठेको बताइन् ।

“पीडित महिलाले न्याय पाउनुपर्छ । दोषी भए कारबाही हुनुपर्छ । सरकारसँग यस विषयमा यथाशीघ्र संसद्लाई जानकारी गराउन माग गर्दछु,” उनले भनिन् । यता जेन–जी मुभमेन्ट नेपालले पनि रास्वपाका प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की जसले मोरङ–२बाट फागुन २१ को चुनावमा जित निकालेका थिए, उनलाई यो घटनासंगै भदौ २४, २०८२ मा सिंहदरबार तथा संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ ।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ कि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भिडियो तथा तस्बिरहरूमा सांसद कार्की स्वयं संसद् भवन परिसरमा आगजनीमा संलग्न भएको देखिएको छ । उनले उक्त घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको र संलग्नताको संकेत दिएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको यस्तो हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो ।’ सोमबार संसद् बैठकमा सभामुखले पटक–पटक नाम बोलाउँदा पनि कार्की अनुपस्थित रहेका थिए ।

यता सामाजिक संजालमा नाइजेरियन युवतीसंग जोडिएको विषयले उनी थप विवादमा परेपछि संक्षिप्त प्रतिक्रिया दिएका छन् । कार्कीले विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे अनभिज्ञता प्रकट गरेका छन् । आज सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफूलाई केही थाहा नभएको बताए ।

कार्की सम्बन्धी जनआस्थाले सार्वजनिक गरेको समाचार बारेको प्रश्नको जवाफ दिन नचाहेका कार्कीले आफूलाई थाहा नभएको बताएका छन् । यस्तै उनीमाथि लाग्ने सिंहदरबारमा आगजनी गरेको आरोप बारे आफ्नो शरीरमा ट्याटु नरहेको शरीर देखाएका छन् ।

संचारकर्मीको लगातारको प्रतिप्रश्नपछि कार्कीले नाइजेरियन महिलाले लगाएको आरोपमा विषयमा छानविन हुने बताएका छन् । हिजो संसदमा सभामुखले बोलाउन पनि नदेखिएको विषयमा पनि उनले जवाफ दिएका छन् । हिजो संसदमा बोल्न नाम टिपाएर पनि नबोलेको विषयमा प्रश्न गर्दा उनले जवाफ दिए, ‘म संसदमै थिएँ । तर मैले शून्य समयमा बोल्न सिग्नेचर गरेको थिइनँ । सिग्नेचर नगरेको मान्छेको नाम आउँद्यैन । तर मेरो आयो । के भएको भनेर अहिले भर्खर कुरा गरेको छु ।

चुनावअघि पनि संसद् भवन जलाउने काममा प्रत्यक्ष संलग्न भएको भन्दै कार्कीलाई टिकट दिएको कुराले रास्वपाको विरोध भएको थियो । तर रास्वपाले मोरङ २ को टिकट कार्कीलाई नै दियो भने उनी जनताबाट अनुमोदित पनि भए । २४ भदौमा संसद् भवन जलाउँदै गरेको दृश्य कार्कीले नै सामाजिक सञ्जालमा हालेका थिए ।

Advertisement
Advertisement

उनले ४० हजार ९ सय २४ मतसहित जितेका हुन् भने निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियाले १४ हजार ६२४ मत ल्याए । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल १२ हजार ६ सय ६४ मतसहित तेस्रो स्थानमा खुम्चिएका थिए । मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनी भदौको उक्त घटनाभन्दा केही दिन अगाडि नेपाल आएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top