अध्यक्ष ओलीसँग भेटपछि हिक्मत कार्की- छलफल सकारात्मक भयो

१९ साउन ८३, बुधबार

काठमाडौं — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन्।

Advertisement

केहीबेरअघि अध्यक्ष ओलीको भक्तपुरस्थित गुण्डू निवासमा भेटवार्ता गरेर फर्किएका कार्कीले छलफल सकारात्मक भएको बताएका छन्।

नेपाल टाइम्ससँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यक्ष ओलीसमक्ष प्रदेशको समग्र अवस्थाबारे खुलस्त रूपमा आफ्नो धारणा राखेको बताए।“मैले प्रदेशमा देखिएका सबै विषय खुलस्त रूपमा राखेको छु। उहाँसँगको कुराकानी निकै सकारात्मक भयो,” कार्कीले भने, “अब निर्णय गर्ने कुरा उहाँकै हो। तर हाम्रो छलफल निकै राम्रो वातावरणमा सम्पन्न भएको छ।”

Advertisement

गत शनिबार अध्यक्ष ओलीको सन्देश लिएर एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राई विराटनगर पुगेका थिए। उनले मुख्यमन्त्री कार्कीसँग राजीनामा मागेको नेताहरूको दाबी छ।

पार्टीभित्रका नेताहरूका अनुसार अध्यक्ष ओलीले कार्कीको स्थानमा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन्। तर कार्कीले राजीनामाको प्रस्ताव अस्वीकार गरेपछि कोशी प्रदेशमा एमालेभित्रको आन्तरिक राजनीति थप पेचिलो बनेको छ।

Advertisement

यही विषयमा थप छलफल गर्न मुख्यमन्त्री कार्कीसहित कोशी प्रदेशका एमाले नेताहरू अध्यक्ष ओलीको निवास पुगेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top