उपसभामुखले गुहारिन् गृहमन्त्री, भनिन्– ‘मलाई बचाउनुस्’

२९ साउन ८३, शुक्रबार
Share this
742shares

काठमाडाैं- उपसभामुख रुविकुमारीले आफ्नो चरित्रलाई लिएर सामाजिक सञ्जालबाट आक्रमण बढेपछि गृहमन्त्री सुधन गुरुङ गुहारेकी छन् । जनआस्था पत्रिकाका सञ्चालक तथा पत्रकार किशोर श्रेष्ठ पक्राउपछि सामाजिक सञ्जालबाट आफूलाई मानसिक पीडा दिने काम बढिरहेको भन्दै फोन नै गरेर गृहमन्त्रीलाई आफूलाई बचाउन भनेकी हुन् ।

Advertisement

उपसभामुखका निकट स्रोतका अनुसार उनले शुक्रबार दिउँसो गृहमन्त्री गुरुङलाई फोन गरेर ‘मलाई बचाउनुहुन्छ …’ भन्दै बिलौना गरेकी हुन् । उनले समाचारका कारण आफू र आफ्नो परिवार ठूलो तनाबमा परेको गृहमन्त्री समक्ष सुनाइकी थिइन् ।

उक्त प्रकरण बारे उपसभामुखले प्रेस काउन्सिलमा पनि उजुरी दिइसकेकी छन् । उपसभामुख रुविकुमारीले प्रेस काउन्सिलमा दिएको उजुरीमा समाचारमा तथ्य, प्रमाण र विश्वसनीय स्रोतको बिना भ्रामक, आधारहीन तथा आफ्नो व्यक्तिगत पद प्रतिष्ठा, चरित्र र सामाजिक मर्यादामा आँच पुर्याउने किसिमका विषयवस्तु सम्प्रेषण गरिएको दाबी गरिएको छ । उक्त सामग्रीले आफ्नो सार्वजनिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउनुका साथै मानसिक तनाव तथा सामाजिक रूपमा समेत नकारात्मक असर सिर्जना गरेको उल्लेख छ।

Advertisement

प्रहरीले बुधबार साँझ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो भने बिहीबार काठमाडौँ जिल्ला अदालतबाट तीन दिनका लागि म्याद थप भइ प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनि माथि वैयक्तित स्वतन्त्रता हनन गरेकाे आराेप छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top