विराटनगरमा नयाँ नोट साट्नेको भिँड

विराटनगरमा नयाँ नोट साट्नेको भिँड

विराटनगर : दशैँ आएपछि नयाँ नोट लिन बैँक तथा वित्तीयसंस्थामा भीड लाग्न थालेको छ । दशैँमा शक्तिको पुजा गर्ने हो भने नयाँ नोट नै प्रयोग गर्नुपर्ने कुनै सांस्कृतिक मान्यता नरहेको संस्कृतिक प्राडा सोमप्रसाद खतिवडा बताउँछन् ।

उनका अनुसार दशैँका नाममा नयाँ नोट साट्नु समयको बर्बादी भएको बताए ।नेपाल राष्ट्र बैंक विराटनगरले असोज १७ गतेदेखि नयाँ नोट वितरण सुरु गरेसँगैँ अभिकांश कर्मचारीको काम नै नयाँ नोट वितरणमा ब्यस्त रहेको निर्देशक विनोदराज आचार्यले बताए ।

नयाँ नोट साट्न बैँक, वित्तीयसंस्थामा जानेको भिँड देखिन्छ । नेपाल राष्ट्र बैक विराटनगरले यस वर्षको दशैँको लागि ३ अर्ब ७५ करोड बराबरको विभिन्न दरका नयाँ नोट विभिन्न बैँक, वित्तीय संस्था एवम् सर्वसाधारणलाई वितरण गरिसकेको छ ।

सोमबारसम्म ३५ करोड सञ्चित रहेको छ । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.