३ असोज , काठमाण्डौ ।
प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको नाम तथा पद दुरुपयोग गरी इजरायलमा केयरगिभरका रूपमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार रामेछापका भरत चौलागाईं र दोलखाकी बालिका सिवाकोटी पक्राउ परे ।

नेपाल सरकार र इजरायल सरकारबीचको जीटुजी सम्झौताअनुसार सन् २०२४ मा केयरगिभरका लागि लिइएको परीक्षामा सहभागी भई ‘लक्की ड्र’बाट छनोट हुन नसकेका व्यक्तिलाई उनीहरूले लक्षित गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीको भनाइ ।
प्रहरीका अनुसार इजरायल पठाइदिने विश्वास दिलाउँदै उनीहरूले प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम असुलेका थिए।

यसरी १५६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेको उल्लेख ।
उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीको भनाइ ।



