३ असोज , काठमाण्डौ ।
आज देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशभर सामान्यतया बदली रहदा कोशी, बागमती र गण्डकीका थोरै तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा जारी ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना ।
देशका पहाडी भूभागका केही स्थानमा तथा तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा तथा लुम्बिनी र सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका थोरै तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान ।



