३ असोज , काठमाण्डौ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका १ हजार १४८ शव जमिनमुनि गाडेर व्यवस्थापन ।
भदौ १० मा तिब्बततर्फको ल्हेन्दे खोलामा आएको अचानक बाढीपछि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परी हालसम्म १ हजार ४१० जनाको मृत्यु पुष्टि ।

प्रहरी प्रधान कार्यालयका अनुसार मृतकमध्ये १०३ जनाको मात्र पहिचान ।
भोटेकोशी, त्रिशूली र नारायणी नदी किनारबाट सुरक्षाकर्मीले शव संकलन । पहिचान नखुलेका शवको सनाखतका लागि अहिले डीएनए परीक्षणलाई तीव्रता दिइएको उल्लेख ।

राष्ट्रिय तथा प्रहरीको विधिविज्ञान प्रयोगशालामा मृतकका हड्डी, दाँत र आफन्तको रगतका नमुना परीक्षण जारी ।
डीएनए परीक्षणमा नेपालसँगै भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञले समेत सहयोग गरिरहेको र अहिलेसम्म दुवै प्रयोगशालाबाट १ हजार ४०० भन्दा बढी नमुनाको डीएनए रिपोर्ट आइसकेको उल्लेख ।
डीएनएसँगै शवबाट संकलन गरिएको औँठाछाप पनि राष्ट्रिय परिचयपत्र तथा अध्यागमनको जैविक विवरणसँग मिलाएर पहिचान गर्ने तयारी ।
प्रहरीले डीएनए र औँठाछापबाट पहिचान खुलेका शव असोजको अन्तिम सातादेखि परिवारलाई बुझाउने तयारी ।
पहिलो चरणमा धादिङ र चितवनमा भेटिएका शव हस्तान्तरण गर्नेगरी काम भइरहेको प्रहरीको भनाइ ।



