४ असोज , काठमाण्डौ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा वडा अधिवेशन सम्पन्न सकियो ।

सम्पन्न अधिवेशनबाट सम्बन्धित वडाका नयाँ कार्यसमिति चयन हुनुका साथै क्षेत्रीय प्रतिनिधिसमेत चयन ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी ३१ जिल्लाका वडा अधिवेशन भने आज जारी रहने ।

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा निर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढिरहेको उल्लेख ।



