एनपीएलको खेलतालिकाःउद्घाटन खेलमा साविक विजेता र उपविजेता भिड्ने

४ असोज ८३, आइतबार
Share this
803shares

४ असोज , काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको खेलतालिका सार्वजनिक ।

नेपाल क्रिकेट संघ (क्यान)द्वारा आगामी कात्तिक ९ गते अर्थात् २६ अक्टोबरदेखि सुरु हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक ।

Advertisement

तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने ।

Advertisement

समूह चरणका खेलहरू नोभेम्बर १५ अर्थात् कात्तिक २९ गतेसम्म सञ्चालन हुने ।

प्रतियोगिताका खेल दिउँसो तथा रात्रिकालीन समयमा फ्लडलाइटमा खेलाइने क्यानको भनाइ ।

समूह चरणपछि नोभेम्बर १७ मा क्वालिफायर–१ हुनेछ।

यसमा अंकतालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ भने नोभेम्बर १८ मा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच एलिमिनेटर खेल हुने ।

नोभेम्बर १९ मा क्वालिफायर–२ हुनेछ।

क्वालिफायर–१ मा पराजित टोली र एलिमिनेटरको विजेता टोलीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने ।

एनपीएलको फाइनल खेल नोभेम्बर २१ मा हुने तालिकामा उल्लेख ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने सुदूरपश्चिम रोयल्स दुवै संस्करणमा उपविजेता बनेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top