रसुवाबाट जटिल प्रसूति समस्या भएका दुई महिलाको हवाई उद्धार

४ असोज ८३, आइतबार
Share this
647shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या भएका दुई महिलाको हवाई उद्धार गरिएको छ। उत्तरगया गाउँपालिका–३ की ३० वर्षीया सुष्मा देवकोटा र उत्तरगया गाउँपालिका–४ की २६ वर्षीया अप्सरा भट्टमा जटिल प्रसूति समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि हवाई उद्धार गरिएको हो।

Advertisement

दुवै महिलालाई हेलिकप्टरमार्फत काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ल्याइएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सडक तथा यातायात सेवा अवरुद्ध भएपछि आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने गर्भवती तथा सुत्केरी महिलालाई सुविधासम्पन्न अस्पतालसम्म समयमै पुर्‍याउन चुनौती उत्पन्न भएको छ।यस्तो कठिन परिस्थितिमा जटिल स्वास्थ्य समस्या देखिएका गर्भवती तथा सुत्केरी महिलाको जीवनरक्षाका लागि सम्बन्धित निकायबीच समन्वय गरी हवाई उद्धार तथा उपचारको व्यवस्था मिलाइएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top