५ असोज , काठमाण्डौ ।
मनास्लु हिमालमा हिउँपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु ।
गएराति तेस्रो शिविरमा टेन्टभित्र सुतिरहेका भारतीयमूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका नेपाली आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको हिउँपहिरोमा पुरिएर मृत्यु भएको प्रहरीको भनाइ ।

माथिबाट आएको हिउँपहिरोले टेन्टसहित दुवै जनालाई पुरेको र करिब सात फिट हिउँले पुरिएर उनीहरूको मृत्यु भएको अनुमान ।
उनीहरूको शव आज हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी ।

यससँगै चालु आरोहण याममा मनास्लु हिमालमा मृत्यु हुनेको संख्या चार पुग्यो ।
यसअघि दोस्रो शिविरमा सिंगापुरका ५० वर्षीय आरोही लाउ वी सेङको मृत्यु भएको थियो भने आधारशिविरमा नेपाली आरोहण सहयोगी २० वर्षीय टासी शेर्पाको पनि मृत्यु भएको थियो।
यस याममा मनास्लु आरोहणका लागि ४८० जना विदेशी आरोहीले अनुमति लिएको उल्लेख ।



