५ असोज , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा कायम ।
युरो एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५१ पैसा तथा पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ८ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८८ पैसा तोकिएको छ।

स्वीस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९५ पैसा निर्धारण ।
अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा तथा क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८७ पैसा कायम गरिएको छ भने सिङ्गापुर डलरको बिक्रीदर १२० रुपैयाँ ४५ पैसा तोकियो ।

जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ८० पैसा, चिनियाँ युआनको २२ रुपैयाँ ९५ पैसा, साउदी रियालको ४० रुपैयाँ ९२ पैसा र कतारी रियालको ४२ रुपैयाँ १७ पैसा निर्धारण ।
यस्तै, यूएई दिरामको बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ६७ पैसा, हङकङ डलरको १९ रुपैयाँ ५९ पैसा र डेनिस क्रोनरको २३ रुपैयाँ ६२ पैसा रहेको छ भने कुवेती दिनारको बिक्रीदर ५०० रुपैयाँ ८ पैसा, बहराइन दिनारको ४०७ रुपैयाँ ६९ पैसा र ओमानी रियालको ३९९ रुपैयाँ २२ पैसा कायम गरिएको राष्ट्र बैंकको भनाइ ।



