५ असोज , काठमाण्डौ ।
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह ।
महाशाखाका अनुसार असोज ७ गते बिहानसम्म ती चार जिल्लाका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना ।

मौसमसम्बन्धी जोखिमलाई संकेत गर्दै रसुवा, नुवाकोट, धादिङ र गोरखालाई पहेँलो रंगले संकेत गरिएको छ।
मध्यम वर्षाको सम्भावना रहेको चितवनको कालीखोला वर्षा मापन केन्द्रमा गएराति ४१ दशमलव ४ मिलिमिटर वर्षा मापन ।

भोटेकोशी बाढीपछि क्षतिग्रस्त सडक तथा अन्य संरचना पुनस्र्थापना र विपद् व्यवस्थापनको काम भइरहेकाले प्रभावित जिल्लामा रहेका नागरिकलाई मौसमसम्बन्धी आधिकारिक सूचना निरन्तर हेर्न आग्रह ।
भारी वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध ।
यसैबीच, बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म देशभर वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरुको चेतावनी ।



