५ असोज , काठमाण्डौ ।
इरानसँग जारी युद्धबारे चाँडै ठूलो निर्णय गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ ।
फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले इरानसँग सम्झौता गर्ने, आर्थिक दबाब कायम राख्ने वा सैन्य कारबाही तीव्र बनाउने विकल्प रहेको बताए ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियनसँग भेटका लागि आफू तयार रहेको ट्रम्पको भनाइ ।
इरानले युद्ध अन्त्य गरी पुनः वार्ता अघि बढाउन अमेरिकासमक्ष विभिन्न सर्त राखेको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइका अनुसार कतार र पाकिस्तानका मध्यस्थमार्फत ती सर्त अमेरिकी पक्षसमक्ष पठाइएको छ र तेहरान ट्रम्पको प्रतिक्रियाको पर्खाइमा ।
सबै मोर्चामा युद्ध अन्त्य, रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा तथा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने इरानका प्रमुख सर्त रहेको रेजाइको भनाइ ।
अमेरिकाले थप सैन्य कारबाही गरे इरानले क्षेत्रका अमेरिकी आधार तथा हितमाथि कडा प्रतिकार गर्ने चेतावनी पनि रेजाइले दिए।



