एमाले पुनर्गठन प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय

५ असोज ८३, सोमबार
Share this
702shares

काठमाडौं । नेकपा एमालेले पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षासम्बन्धी कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गर्ने भएको छ। सोमबार च्यासलमा बसेको सचिवालय बैठकले प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

Advertisement

बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डासमेत तय गरेको छ। जसमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायत विषय छन्। भट्टकाअनुसार २९ पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेकाले अब त्यसमा थप बहस आवश्यक छैन। प्रतिवेदनमा समावेश सुझावलाई अनुसूचीका रूपमा केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ।

विशेष महाधिवेशन र नेतृत्व परिवर्तनका विषयमा सहमति भइसकेकाले अहिले त्यसमा विवाद नरहेको पनि उनले बताए। केन्द्रीय कमिटीमा हुने छलफलपछि पार्टी पुनर्गठनसम्बन्धी थप रणनीति तय गरिने उनको भनाइ छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top