काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा मोबाइल प्रयोग गरी फोटो तथा भिडियो खिच्न र लाइभ गर्न नपाइने निर्देशन दिएका छन्। ललितपुरमा सोमबारदेखि सुरु भएको बैठकमा ओलीले बैठकलाई मर्यादित बनाउन यस्तो व्यवस्था गरिएको बताए। उनका अनुसार बैठकमा अडियो–भिडियो रेकर्ड तथा लाइभसमेत गर्न पाइने छैन।
बैठकमा बोल्न अध्यक्षको अनुमति लिनुपर्ने र बैठक छाड्दा पनि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। केन्द्रीय सदस्यलाई बोल्न तीन मिनेटको समय दिइएको छ।



