एमाले केन्द्रीय कमिटीकाे बैठक सुरू

५ असोज ८३, सोमबार
Share this
748shares

काठमाडाैं ।  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। गत फागुनमा भएको निर्वाचनपछि पहिलोपटक बोलाइएको बैठक ललितपुरस्थित रामबाग महलमा सुरु भएको हो। आजको बैठकमा एमालेले निर्वाचनपछि गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदन पेस हुँदैछ। यद्यपि, अध्यक्ष केपी शर्मा ओली उक्त प्रतिवेदनप्रति अझै असन्तुष्ट रहेको नेताहरूले बताएका छन्।

Advertisement

संशोधित प्रतिवेदन पेस गर्ने तयारी भए पनि त्यसमा ओलीको राजीनामाको विषय भने समेटिएको छैन। केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न बिहान ९ बजे च्यासलमा बसेको सचिवालय बैठकमा पनि ओली प्रतिवेदनप्रति असन्तुष्ट देखिएको सहभागी नेताहरूले बताएका छन्।सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले केन्द्रीय कमिटी बैठकमा कार्यदलको प्रतिवेदन पेस हुने जानकारी दिएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top