१५ असोज , काठमाण्डौ ।
भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा १२ दिन विद्युत् आपूर्ति कटौती हुने ।
नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा असोज १५ देखि २६ गतेसम्म विभिन्न दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती गर्ने ।

प्राधिकरणका अनुसार असोज १५ गते सतुंगल–बौथली, १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक, १७ र २० गते मुलपानी, १८ गते गर्जुधारा, २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरी आवास र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् कटौती हुने ।
मौसम प्रतिकूल भए निर्धारित समयमा विद्युत् आपूर्ति कटौती नगरिने प्राधिकरणको भनाइ ।

उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम गर्दै ।
भूमिगत प्रणालीबाट विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै सडकमा अव्यवस्थित रूपमा रहेका विद्युत्, टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा ।



