१५ असोज , काठमाण्डौ ।
पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने नेपाल आयल निगमको निर्णय ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि भोटेकोशी विपद्को अवस्थालाई ध्यानमा राख्दै तत्काल मूल्य नबढाउने निर्णय गरिएको उल्लेख ।

निगमका अनुसार भारतबाट असोज १४ गतेदेखि लागू हुने गरी पेट्रोलको खरिद मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलको २० रुपैयाँ २१ पैसा र मट्टितेलको १५ रुपैयाँ ९६ पैसा बढेर आएको छ।
यस्तै, हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा बढेर आएको निगमको भनाइ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ यथावत् राखेको छ।
डिजेल र मट्टितेलको मूल्य पनि यथावत् छ।
एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरिएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन नगर्दा पाक्षिक रूपमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने ।
विपद्को समयमा उपभोक्तामाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले मूल्य समायोजन नगरिएको निगमको भनाइ ।



