१५ असोज , काठमाण्डौ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको भनाइ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भू–भागमा मौसम मुख्यतया सफा रहने ।

आज दिउँसो कोशी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना ।
राति कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने ।

आज तराईमा मौसम मुख्यतया रहदा कोशी, वाग्मती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने ।



