२० असोज , काठमाण्डौ ।
नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर रहदा चाँदीको भाउ भने घट्यो ।
सोमबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य भने घट्यो ।

सोमबार प्रतितोला चार हजार चार सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय १५ रूपैयाँमा किनबेच हुँदै ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले कमी ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



