२१ असोज , काठमाण्डौ ।
नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु ।
वायुसेनाका अनुसार एटीआर–४२ विमानमा २० यात्रु र चालक दलका पाँच सदस्य सवार थिए।

विमान देशको आर्थिक राजधानी लागोसका लागि नियमित उडानमा थियो।
उडान भरेको केही समयपछि विमान राडारको सम्पर्कबाट हराएको थियो।

त्यसपछि सुरक्षाकर्मी तथा उद्धार टोलीले खोजी गर्ने क्रममा ओन्डो राज्यको नदी किनारमा रहेको इग्बोकाडा सहरस्थित नौसैनिक अड्डानजिकै विमानको भग्नावशेष फेला पारेका थिए।
दुर्घटनामा विमानमा सवार सबै २५ जनाको मृत्यु भएको वायुसेनाले गर्याे पुष्टि ।
नाइजेरियाका नागरिक उड्डयनमन्त्री फेस्टस केयामोले सुरुमा विमानमा ३२ जना सवार रहेको बताएपनि नाइजेरियाली वायुसेनाले यात्रु र चालक दलका सदस्य गरी २५ जना मात्रै विमानमा रहेको स्पष्ट पारे ।
दुर्घटनापछि नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तीन दिनको राष्ट्रिय शोकको घोषणा ।



