खगेन्द्र सुनारमाथि छानबिन गर्न पार्टीको आयोगलाई रास्वपाको निर्देशन

२७ असोज ८३, मंगलबार
Share this
719shares

२७ असोज , काठमाण्डौ ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारको विषयमा तत्काल छानबिन प्रक्रिया सुरु गर्न पार्टी केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ । सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनका विषयमा उठाइएका प्रश्नहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाले बताएको छ ।

Advertisement

“महिलाको मर्यादा र सम्मानमा आँच पु¥याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील छन्,” रास्वपाले विज्ञप्ति जारी गर्दै भनेको छ, “विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन ।”

रास्वपाले दुव्र्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्मरण गराएको छ । “अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

राज्यका सम्बन्धित निकायहरूबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने पनि रास्वपाले बताएको छ । राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग रहने पनि रास्वपाले प्रस्ट पारेको छ ।

रास्वपाले आफ्ना सांसद खगेन्द्र सुनारको विवादित अडिओबारे आन्तरिक अनुसन्धान प्रक्रिया अघि बढाएको हो । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले सुनारको सार्वजनिक अडिओका विषयमा तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिइएको जानकारी दिएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उहाँका विषयमा उठाइएका गम्भीर प्रश्नहरूप्रति यस पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, मंगलबार बिहान आचार्यले विज्ञप्ति जारी गरी भनेका छन्, ‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ।’

विज्ञप्तीमा भनिएको छ, विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन। महिलामाथि हुने कुनै पनि प्रकारका दुव्र्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको तथ्य हामी पुनः स्पष्ट पार्न चाहन्छौँ । यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ । त्यसमा अगाडि लेखिएको छ, ’कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा रास्वपा दृढ छ । राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्नेछ । कानुनको उल्लंघन वा पदीय आचरणविपरीतको कार्य गर्ने जो कोहीलाई राजनीतिक संरक्षण दिने कार्य रास्वपाबाट कहिल्यै हुने छैन भन्ने कुरामा हामी सम्पूर्ण जनसमुदायलाई आश्वस्त पार्न चाहन्छौँ ।

सांसद सुनारको दाबी गर्दै एक विवादास्पद अडियो सार्वजनिक भएपछि उनी आलोचित बनेका हुन् । सार्वजनिक भएको उक्त अडियोमा सांसद सुनारले एक महिला पूर्व सांसदलाई लक्षित गर्दै अत्यन्तै आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिएको छ ।

सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो खगेन्द्रको भएको जिकिर सहित सार्वजनिक गरेको हो । केही वर्षअघि रेकर्ड गरिएको बताइएको यो अडियो सोमबार सार्वजनिक भएपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ ।

अडियोमा उनले प्रयोग गरेका शब्दहरूले मर्यादित भाषाको सीमा नाघेको सुनिन्छ । यससँगै सामाजिक उनको चौतर्फी आलोचना भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top