२७ असोज , काठमाण्डौ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी।
कांग्रेस सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा र अजय सिवाकोटीको अग्रता ।

४ हजार ९ सय ८९ मत गन्दा खतिवडाले २ हजार १ सय ३७ र सिवाकोटीले १ हजार ५२४ मत प्राप्त गर्दा डिल्लिराम सुवेदीले एक हजार २५९, देवेन्द्रराज कँडेलले ९९०, राजीव ढुंगानाले ८७८, विकास कोइरालाले ८०३, अमृतकुमार अर्यालले ६५५, रमेशप्रसाद धमलाले ५७३ र विमलराज क्षेत्रीले १९२ मत पाए ।
केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले सहमहामन्त्री खुलालगायत विभिन्न पदको मतगणना जारी ।

जारी मतगणनामा केन्द्रीय सदस्य (महिला खुला)तर्फ हालसम्म चार हजार ६८९ मतगणना भएकामा १२ मत बदर । बासना थापा सबैभन्दा अगाडि ।



