२७ असोज , काठमाण्डौ ।
डलरको भाउ एकैदिन १ रुपैयाँ ५४ पैसाले घट्यो, युरो, पाउन्ड, अस्ट्रेलियन डलर र कुवेती–बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको विनिमयदरमा गिरावट ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो ।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा कायम ।
त्यसैगरी, युरो एकको खरिददर १७१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ भने पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०३ रुपैयाँ २२ पैसा कायम ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा तथा कुवेती दिनारको खरिददर ४९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ २६ पैसा कायम हुँदा बहराइन दिनारको खरिददर ४०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ४१ पैसा निर्धारण ।
यसअघि सोमबार डलर र कुवेती दिनारको दर स्थिर रहँदा अस्ट्रेलियन डलर बढेको थियो भने युरो, पाउन्ड र बहराइन दिनारको भाउ घटेको थियो।



