२७ असोज , काठमाण्डौ ।
नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको अडियो प्रकरणप्रति चासो र चिन्ता व्यक्त ।
सुनारको हिंसामा परेकी महिला र उनका नाबालक बच्चाको तत्काल सुरक्षा प्रबन्ध गर्न सरकार र नेपाल प्रहरीसँग माग ।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेतृ झाँक्रीले सार्वजनिक भएको अडियोमा एक महिला सांसद र उनका नाबालक बच्चालाई अश्लील गालीगलौज तथा ज्यान मार्ने धम्की दिइएको विषयले आफू स्तब्ध भएको उल्लेख ।

घटना सामान्य नभएको र बच्चा तथा महिलामाथि गम्भीर सुरक्षा खतरा रहेको उल्लेख गर्दै झाँक्रीले अपराधीमाथि कारबाही हुनुभन्दा पहिले पीडितको जीवन रक्षा मुख्य सवाल भएको बताइन् ।
खगेन्द्रले भने सार्वजनिक अडिओलाई दिए षड्यन्त्रको संज्ञा ।

आफ्नो भन्दै सार्वजनिक भएको अडिओ एआई मार्फत बनाएर आफूविरुद्ध षड्यन्त्र भएको खगेन्द्रको प्रतिक्रिया ।



