सांसद खगेन्द्र सुनारलाई २४ घण्टे स्पष्टीकरण माग

२७ असोज ८३, मंगलबार
Share this
711shares

२७ असोज , काठमाण्डौ ।

Advertisement

विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारसँग २४ घण्टे स्पष्टीकरण माग ।

बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुको साथै धम्कीपूर्ण भाषा प्रयोगको अडियो सार्वजनिक भएको थियो ।

Advertisement

यस विषयमा सत्यतथ्य अन्वेषण गर्न पार्टीले तत्काल आन्तरिक छानविन प्रक्रिया अगाडि बढाउन निर्देशन दिए लगत्तै आयोगद्धारा २४ घण्टे स्पष्टीकरण सोधिएको एक सदस्यको जानकारी ।

पार्टी महामन्त्री विपिन कुमार आर्चायले यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको मंगलबार विज्ञप्ति मार्फत जानकारी गराएका थिए ।

Advertisement

सुनारमाथि सार्वजनिक कार्यक्रममा सहभागी हुन पनि पार्टीले रोक लगाएको अवस्था ।

रास्वपाका केन्द्रीय सदस्य पनि रहेका सुनार अडियो प्रकरणपछि कारबाहीका लागि चौतर्फी दबाब ।

खगेन्द्रले भने सार्वजनिक अडिओलाई दिए षड्यन्त्रको संज्ञा ।

आफ्नो भन्दै सार्वजनिक भएको अडिओ एआई मार्फत बनाएर आफूविरुद्ध षड्यन्त्र भएको खगेन्द्रको प्रतिक्रिया ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top