१० मंसिर, काठमाण्डौ ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसीले पत्रकारिता क्षेत्रलाई लाञ्छित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले जनायो आपत्ति ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उक्त अभिव्यक्ति निन्दनीय र खेदजनक रहेको उल्लेख।

संविधानप्रदत्त प्रेस स्वतन्त्रता र पत्रकारका अधिकारको सम्मान गर्न सम्बन्धित पक्षलाई महासंघको आग्रह।
गैरजिम्मेवार अभिव्यक्ति तत्काल सार्वजनिक रूपमा सच्याउन पनि महासंघले गरायो ध्यानाकर्षण।
डिएसपी केसीले मंसिर ८ गते घोराहीमा आयोजित एक कार्यक्रममा समग्र पत्रकार र पत्रकारिताको मानमर्दन हुने गरि सार्वजनिक रुपमा अभिब्यक्ति दिएका थिए ।



