मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली विजयी

१४ कात्तिक ७५, बुधबार
Share this
753shares

काठमाडौं,कात्तिक १४
ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बेजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० ले हराएको छ ।

Advertisement

मंगलबार भएको मैत्रीपुर्ण खेलमा नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले गोल गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको टोलीका लागि दीपाले ५५ औं र इन्दिराले ८२ औं मिनेटमा गोल गरेकी थिइन् ।

अन्तिम खेल नेपाली टोलीले बेजिङ फोनिक्ससँग बुधबार खेल्ने बताइएको छ । त्यसपछि नेपाली टोली नोभेम्बर २ मा चीनबाट ओलम्पिक छनोट खेल्न म्यानमार जानेछ ।

Advertisement

नेपाल सम्मिलित ओलम्पिक छनोटको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन् । नेपालले ८ नोभेम्बर ८ मा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालले पहिलो पटक ओलम्पिकको महिला फुटबल छनोटमा भाग लिन लागेको हो ।

हरि खड्काको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीको अर्को प्रशिक्षक मृगेन्द्र मिश्र छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दीर्घबहादुर केसी टोली नेता रहेको टोलीको व्यवस्थापकमा हिराचन थकाली छन् । तीन वटा मैत्रीपूर्ण खेलका लागि नेपाली शुक्रबार चीन पुगेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top