घरमा सुतिरहेको बेला गोली हानी हत्या

१९ कात्तिक ७५, सोमबार
Share this
685shares

बर्दिया,कात्तिक १९
बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् ।मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति एक बजे नकाबधारी पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली हानी खटिकको हत्या गरेका थिए ।

Advertisement

सो समूह त्यहाँबाट गएलगत्तै घट्नाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए । घाइते खटिकलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा लगिएको र उपचारको क्रममा मृत्य भएको थियो ।

उक्त समूहले घरमा रहेको पाँच लाख पनि लुटेर लगेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले खटिकको मृत्यु भएको सूचना आफूले पाएको तर गोली लागि भएको वा अन्य कारण बारे शव परीक्षणपछि मात्रै भन्न सकिने बताए । रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top