विराटनगरमा भारतीय सामाग्री छ्याप्छ्याप्ती

विराटनगरमा भारतीय सामाग्री छ्याप्छ्याप्ती

विराटनगर : तिहार नजिकिँदै गर्दा भारतबाट ल्याईएको माटोका भाँडाले नेपाली बजार कब्जा जमाएका छन् । विराटनगरलगायत सीमावर्ती बजारमा माटोका दियो, पाला लगायतका भाँडा बिक्री भईरहेको पाईन्छ ।नेपाली कुमालहरुले पुख्र्यौली पेशा छाडेका कारण भारतीय उत्पादनले नेपाली बजार लिएको हो ।

भाँडा बनाउने माटो र मेहनत अनुसारको आम्दानी नहुँदा नेपाली कुमाल आफ्नो पुख्र्यौली पेशाबाट विमुख भएको बताउँछन् ।पुस्तौँदेखि गर्दै आएको काम आधुनिकताले संकटमा परेपछि नेपाली कुमाल अहिले जिविकोपार्जन गर्न अन्य पेशा गर्न थालेपछि भारतीय सीमावर्ती बजारका कुमालहरुले माटोका भाँडा विराटनगरको बजारमा बेच्ने गरेका छन् ।

भारत विहारका सीमावर्ती गाउँका फारविसगञ्ज, जिमराही, पुलकाहाका कुमालहरु नेपाली बजारसम्म आएर माटाका भाँडा बेचिरहेको पाइन्छ । भने यहाँका ब्यापारीहरु उतैका भाँडा ल्याएर बेच्ने गरेका छन् ।

लामो समय विराटनगरको भट्टीमोडमा माटोका भाँडाका पसल सञ्चालन गर्दै आएका रमानन्द साहले आफुले भारतीय कुमालले बनाएको भाँडा बिक्री गर्ने गरेको बताए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.