काठमाडौँ,कात्तिक २६
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा देशभर १ अर्ब ५ करोड २ लाखको लागतमा १०२ वटा नयाँ उद्योग स्थापना भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार ती उद्योगहरुबाट ३ हजार ५५२ रोजगारी सिर्जना हुनेछ ।
स्थापना भएका उद्योगहरुमध्ये सबैभन्दा बढी लगानी पर्यटन क्षेत्रमा आएको छ । तीन महिनामा पर्यटन क्षेत्रमा ३५ वटा उद्योग स्थापना भएका छन्, जसको लागत ५९ करोड १० लाख छ । सो आयोजनामा ७६४ जनाले रोजगार पाउनेछन् ।
कृषि तथा वनजन्यतर्फ ८ वटा उद्योग स्थापना भएका छन् । सो परियोजना लागत १ अर्ब ८५ करोड ९० लाख लागत छ । ती परियोजनाहरुमा २३१ जनाले रोजगार पाउनेछन् ।
उक्त अवधिमा उर्जा सम्बन्धी एउटा उद्योग स्थापना भएको छ, जसको लागत २ करोड परियोजना लागत छ । सो परियोजनामा १७ जनाले रोजगार पाउनेछन् । सूचना प्रविधि सम्बन्धी ७ वटा उद्योग स्थापना भएका छन् । सो परियोजना लागत २० करोड लागत छ । सो परियोजना १६४ जनाले रोजगार पाउनेछन् ।
उत्पादनमूलकतर्फ भने यस अवधिमा २० वटा उद्योग स्थापना भएका छन् । यी उद्योगहरुमा ६ अर्ब ९५ करोड २० लाख लगानी भएका छन् । सो परियोजनामा १२१० जनाले रोजगार पाउनेछन् ।
सो समयमा सेवा क्षेत्रमा भने ३१ वटा उद्योग स्थापना भएका छन् । कुल १ अर्ब ३० करोड लगानी गरिएको उक्त परियोजनाबाट ११६६ जनाले रोजगार पाउनेछन् ।(विकास न्युजबाट)