विराटनगर,मंसिर ३
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास गर्न कम्प्यूटर एशोसिएसन नेपाल मोरंङ शाखाले विराटनगरमा क्यान इन्फोटेक २०१९ प्रदर्शनी गर्ने भएको छ ।
आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर महानगरपालिकाको गौरवलाई माथि उठाउदै आई.टी.हवको रुपमा चिनाउने उद्धेश्यले पर्दशनी गर्न लागिएको जानकारी दिइएको छ ।
मेलामा आई.सि.टी.कन्फरेनस,सोसलमुभमेन्ट लगायतका क्षेत्रमा आएको नयाँ–नयाँ प्रविधिको जानकारी गराइने छ । पुष १९ गते देखि पुष २३ गते सम्म विराटनगरको जैन भवनको प्रदर्शनी स्थलमा लाग्ने मेलामा सयभन्दा बढी वटा स्टल रहने बताइएको छ ।
मेलाको मुख्य आयोजक क्यान इन्फोटेक रहने छ भने सहआयोजकको रुपमा लिभिंग विथ आ.सि.टि रहने मोरंग क्यानका अध्यक्ष राजेन्द्र प्रसाद यादवले जानकारी दिए ।
क्यान इन्फोटेक २०१९ प्रदर्शनीले व्यापार प्रवद्धनका साथै आई.सि.टी.क्षेत्रहरु समेट्ने र मेलामा थ्री.डि.टेक्नोलोजी, रोबीटिक्स,टेलिफोन, मोबाईल, ट्याबलेट, कम्प्यूटर हार्डवेयर लगायतका स्टल रहने लिभिंग विथ आ.सि.टिका प्रदेश १ का सयोजक पर्वत झाले जानकारी दिए । मेलाको चार लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।