×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

शनिवारदेखि विराटनगरबाटै माउण्टेन फ्लाईट , ९ हजार ९ सयमा अब हिमालको दृश्यावलोकन

४ मंसिर २०७५

विराटनगर,मंसिर४
आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै विराटनगरबाट व्यावसायिक रुपमा माउन्टेन फ्लाईट सुरु हुने भएको छ । विराटनगरका पर्यटन व्यवसायीहरुको पहलमा विराटनगर विमानस्थलबाट चार्टर विमानमार्फत हप्ताको एक दिन शनिबार माउन्टेन फ्लाईट गराईने भएको हो ।

जसका लागि भारत र बंगलादेशसहित आन्तरिक पर्यटकलाई काठमाण्डौं भन्दा सस्तोमा विराटनगरबाट माउन्टेन फ्लाईटको साप्ताहिक उडान गरिन लागेको हो । ‘विराट होलिडेज’ नामक संस्थाले निजी हवाई कम्पनि यति एयरलाइन्ससँगको साझेदारीमा आगामी शनिबार (मंसिर ७ गते) पहिलो माउन्टेन फ्लाईट विराटनगरबाट गराउने जानकारी विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी उडानलाई पहिलो चरणमा पर्यटन व्यवसायीहरुको पहलमा माउन्टेन फ्लाईटको उडानको तयारीको बारेमा जानकारी दिएको हो । अध्यक्ष श्रेष्ठले यात्रु पाएको अवस्थामा एयरलाइन्सले आफ्नै कार्यसूचीमा उडान गराउने समझदारी गरिएको जानकारी दिए ।

त्यसका लागि पर्यटन व्यवसायीहरुले कम्पतिमा १५ उडान सफल बनाउनु पर्ने जिम्मेवारीसहित चुनौती लिएको बताइएको छ । माउण्टेन फ्लाइटका लागि यति एयरलाइन्सले हप्तामा एउटा उडान विराटनगर विमानस्थलबाट भर्नेछ । त्यसका लागि यात्रुको जिम्मेवारी पर्यटन व्यवसायीले लिने भएका हुन् । भारतको सिक्किम, बंगाल र विहार तथा बंगलादेशका पर्यटकलाई सम्पर्कमा ल्याउन त्यहिंको ट्राभल्स एशोसिएशनसँग कुरा गरिएको छ ।

यस अगाडी २०७३ सालमा एउटा माउण्टेन फ्लाईट विराटनगरबाट गराइएको थियो । उद्योग संगठन मोरङले त्यसबेला आयोजना गरेको विराट एक्स्पोको समयमा पर्यटन व्यवसायीले माउण्टेन फ्लाईट गराएका थिए । तर, त्यसपछि निरन्तर हुनसक्ने आशा राखिएको माउन्टेन फ्लाईट भने भएको थिएन । विराटनगरबाट सुरु हुने माउन्टेन फ्लाईटमा पर्यटकले प्रदेश १ भित्र पर्ने आठ हजार मिटरमाथिका हिमश्रृंखलाको अवलोकन गर्न पाउनेछन् ।

प्रदेश १ मारहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरु सहजै अवलोकन गर्न सकिने छ । प्रदेश १ मा मात्रै अहिले १४ वटा विमानस्थल रहेका छन्। जसमध्ये लुक्काका लागि मात्रै सरकारले उडान अनुमति दिएमा विराटनगरदेखि दैनिक पाँचवटा फ्लाईट हुनसक्ने व्यवसायीहरुको अनुमान छ ।

काठमाण्डौं–लुक्काका लागि अहिले दैनिक ५० उडान हुने गरेपनि अझै अभाव देखिदैं आएको व्यवसायीहरु बताउँछन् । विराटनगरबाट एयर चार्टरमा सुरु गरिने माउण्टेन फ्लाईटमा प्रतियात्रु ९ हजार नौसय रुपिँया भाडादर कायम गरिएको छ । प्रदेश सरकार गठन भए पश्चात प्रदेश १ सरकारले समेत विराटनगरबाट माउन्टेन फ्लाईटको संभावना रहेको बताउँदै पहल गरेको थियो ।

Advertisement

तर, लामो समय हुँदासम्म केहि नभएपछि व्यवसायीहरुले चार्टरमा माउन्टेन फ्लाईटको सुरुवातसँगै चुनौति लिएकोे विराट होलिडेजका अध्यक्ष श्रेष्ठले बताए ।

भर्खरको समाचार

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

सम्बन्धित खबरहरु

Scroll to Top