मिस पुर्वेली सुपर मोडलको सातौ संस्करणको घोषणा

मिस पुर्वेली सुपर मोडलको सातौ संस्करणको घोषणा

विराटनगर,मंसिर ६

विराटनगर स्थित ए–वान ईन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक मिस नेपाल भन्दा ठूलो राशीको पुरस्कारको घोषणा गरेको छ ।

किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ का विजेतालाई आफूहरुले २ लाख ५० हजार पुरस्कार दिने ईन्टरटेन्मेन्ट प्रालिले घोषणा गरेको हो ।

ए–वान ईन्टरटेन्मेन्ट प्रालिले बुधबार विराटनगरमा पत्रकार सम्मेनलको आयोजना गरी ७ औं सस्कारणको मिस पुर्वेली सुपर मोडल हुने बारे जानकारी गराएको छ ।

ए–वान इन्टरटेनटमेन्टले हरेक बर्ष गर्दै आएको मिस पूर्वेली सुपर मोडल सातौं सस्करणको पहिलो अडिसन आगामी मंसिर १० गते महेन्द्र चोकमा रहेको टेन्स एलाभेन लाउन्जमा हुने ए– वान ईन्टरटेडमेन्टका चियरपर्सन किरण लामाले जानकारी दिए ।

प्रदेश नम्बर एकका सवै १४ जिल्ला भरी रहेका १८ देखि २५ वर्ष समूहका अविवाहित किशोरीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्ने लामाले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगिताको बिजेताले नगद २ लाख ५० हजार नगद सहित १० लाखको लाईफ ईन्सोरेन्स र एक हप्ता सम्मको ईन्डोनेसियाको वालीमा टुर जान पाउने छन् ।

त्यसैगरी फस्ट रनरअपले नगद १ लाख र ५ लाखको ईन्सोरेन्स र वालीको टुर पनि प्राप्त गर्ने कार्यक्रम संयोजक सौरभ राजभण्डारीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.