×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

विदेशी पर्यटकलाई हिमाली उडानमा आकर्षण गर्न विराटनगरबाट अन्तराष्ट्रिय उडान हुने

७ मंसिर २०७५

विराटनगर,मंसिर ७
प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई हिमाली उडानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उडान सञ्चालन गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउँदै उनले आगामी वर्ष थप विदेशी पर्यटक वृद्धि भई सङ्घीय सरकारको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पु¥याउन सहयोग मिल्ने बताए । विराटनगरवाट यही मङ्सिर ८ गतेदेखि हिमाली उडान शुरु हुँदैछ ।

Advertisement

उनले भारतको पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेशलगायत बङ्गलादेशमा ६० करोडभन्दा बढी जनसङ्ख्यालाई हिमाली उडानमा आकर्षण गर्न सके एकदेखि दुई प्रतिशत पर्यटक आगमन भएमा प्रदेशको लक्ष्य पूरा हुने धारणा व्यक्त गरे ।

उक्त हिमाली उडानबाट पर्यटकले कञ्चनजङ्घा, मकालु, ल्होत्से, सगरमाथा र गौरीशङ्कर हिमाललाई नजिकबाट अवलोकन गर्न सक्नेछन् । मन्त्री कुसियतले प्रदेश सरकारले तेस्रो देशका पर्यटकलाई यस क्षेत्रमा आवागमन सहज तुल्याउन आगामी केही दिनभित्र विराटनगर र पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरिने बताए ।

मन्त्री कुसियतले पर्यटकलाई आकर्षण गर्न यस क्षेत्रको पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार र पदमार्ग निर्माण तथा जीर्ण मठमन्दिरको मर्मतसम्भारका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउँदै पर्यटकको बसाइ अवधि बढाउन निजी क्षेत्रको सहयोगमा सुविधासम्पन्न होटल, चमेनागृह र घरबासको व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले विराटनगर विमानस्थलबाट भारतका विहार, पश्चिम बङ्गाल र उत्तरप्रदेश तथा बङ्गलादेशका शहरमा अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरी सङ्घीय सरकारमा पठाएको बताउँदै स्वीकृत हुनासाथ उडान सञ्चालन हुने जानकारी दिए ।

उनका अनुसार प्रदेश नं १ मा रहेका १४ विमानस्थलमध्ये हाल विराटनगर–तुम्लिङटार मात्र सञ्चालन भएकामा आगामी केही दिनभित्र विराटनगरलाई केन्द्रविन्दु बनाई उडान सञ्चालन गरिनेछ ।

पर्यटनमन्त्री कुसियतले विराटनगरबाट अन्तरदेशीय उडानअन्तर्गत पोखरा, नेपालगञ्जलगायत अन्य पर्यटकीय क्षेत्रमा उडानका लागि सङ्घीय सरकारलाई अनुरोध समेत गरिएकाले चाँडै सञ्चालन हुने विश्वास व्यक्त गरे ।

उनले विराटनगर–पोखरा उडानका लागि निजी क्षेत्रबाट धेरै अनुरोध आएको तथा स्वदेशी तथा छिमेकी पर्यटकको चासो र चाहना भएको पाइएकाले केही हप्ताभित्र सञ्चालन हुने विश्वास पनि व्यक्त गरे ।

मन्त्री कुसियतले काठमाडौँबाट सोलुखुम्बुको फाप्लु उडानको चाप धेरै भएको तथा नेपालीले हवाई सेवाको टिकटसमेत नपाउने गुनासो आएको बताउँदै विराटनगरबाट फाप्लु उडानको व्यवस्थासमेत मिलाइएको तथा फाप्लु उडानको व्यवस्था भएमा दैनिक १० उडान हुन सक्ने बताए ।

शनिबार बिहान हुने हिमाली दृश्यावलोकन उडानमा प्रदेश नं १ मा मुख्यमन्त्री शेरधन राईसहित प्रदेशका सम्पूर्ण मन्त्री, उच्चपदस्थ कर्मचारीको सहभागिता हुने बताइएको छ ।

यती एयरलाइन्सको २९ सिटे जहाजबाट उक्त उडानमा १९ झ्यालको सिटको बिक्रीको व्यवस्था गरिएको होलिडेज नेपालका अध्यक्ष भविष श्रेष्ठले बताए । आगामी दिनमा पर्यटकको चाप हेरेर थप उडान गरिने जनाइएको छ ।

विराटनगर–१० का नवराज पाण्डेले हिमाली क्षेत्रमा हिँड्न नसक्नेलाई आफ्नो देशको गौरव सगरमाथालगायत अन्य हिमाल नजीक हेर्न पाउने सुविधा उपलब्ध हुन लागेकामा हर्ष व्यक्त गरे ।

Advertisement

उक्त उडानका लागि नेपाली र भारतीयलाई रु नौ हजार ९०० तथा सार्क तथा तेस्रो देशका पर्यटकका लागि १५६ डलर भुक्तान गर्नुपर्नेछ । हिमाली उडानको अवधि ५५ मिनेटको हुनेछ । उडानमा सञ्चारकर्मीलाई सहुलियत शुल्क रु ६ हजार राखिएको छ ।
रासस

भर्खरको समाचार

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

सम्बन्धित खबरहरु

Scroll to Top