‘भैरव’ को सिक्वेल बनाउँदै निखिल

११ मंसिर ७५, मंगलबार
Share this
771shares

काठमाडौँ, मंसिर ११
नेपाली चलचित्रका एक्सन सुपरस्टार भनेर चिनिने निखिल उप्रेती गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पिंजडा ब्याक अगेन’ पछि पर्दामा फर्किएका छैनन् । लगातार फिल्म बक्सअफिसमा असफल हुन थालेपछि उनी केही संयमित देखिएका छन् ।

Advertisement

‘भैरव’ को सिक्वेलबाट उनी धमाकेदार कमब्याक गर्ने सोचमा छन् । उनी सिक्वेल बनाउने तयारीमा जुटेका छन् । भैरव रिलिज हुँदा नै निखिलले यसको सिक्वेल बनाउने घोषणा गरेका थिए । अहिले उनी स्वयं कथा तयार पार्दैछन् ।

अभिनेत्री संचिता लुईंटेलसँग दोस्रो विवाह गरेपछि उनी लगभग ५ वर्ष नेपाली फिल्मबाट टाढा रहेका थिए भने भैरवमार्फत निर्देशनमा डेब्यु र अभिनयमा कमब्याक गरेका थिए । यो फिल्मको सिक्वेलमा भने उनी आफैं अभिनय नगर्ने र नयाँ अभिनेता लञ्च गर्ने उनको सोच रहेको स्रोत बताउँछ ।

Advertisement

फिल्मको निर्देशन भने उनी स्वयंले गर्न सक्ने जानकारी प्राप्त छ । फागुनबाट सुटिङ सुरु हुने फिल्मले राजधानीभित्रको क्राइम बोल्ने बताइएको छ । एक्सन फिल्ममा निकै रुचाएका उनको यस वर्षको पुष २७ गते नयाँ फिल्म ‘भिलेन’ रिलिज हुँदैछ । आफ्नै निर्देशनमा फिल्म ‘कमिटमेन्ट’ बनाउने घोषणा गरे पनि त्यो आधाउधी छायांकन नसकिँदै पैसा अभावमा अड्किएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top