क्यान्सरपीडित माझीको उपचारार्थ आर्थिक सहयोग

६ पुस ७४, शुक्रबार

लहान, पुस ७
पत्रकार कमानन्द माझीको रगतको क्यान्सरबाट पीडित बालक एक्लो छोरा गणेशकुमार माझीको उपचारार्थ सप्तरीका सञ्चारकर्मी तथा सप्तरी युथका पदाधिकारीहरुले आर्थिक सहयोग गरेका छन् ।

राजविराजबाट प्रकाशित छिन्नमस्ता साप्ताहिकका प्रकाशक तथा सहसम्पादकसमेत रहनुभएका पत्रकार कमानन्द माझीले आफ्ना १४ वर्षीय छोरा गणेश रगतको क्यान्सरबाट पीडित रहेको भन्दै सहयोगको याचना गरेपछि पत्रकार तथा सप्तरी युथका पदाधिकारीहरुले आर्थिक सहयोग प्रदान गरेका हुन् ।

पत्रकार शैलेन्द्रकुमार सिंहको विशेष पहलमा सञ्चारकर्मी तथा सप्तरी युथका पदाधिकारीहरुबाट संकलन भएको रु २२ हजार ५०० नगद आर्थिक सहयोग प्रदान गरेको सप्तरी युथका विष्णु यादवले जानकारी दिनुभयो ।

Advertisement

यादवका अनुसार अन्य व्यक्ति तथा संस्थाबाट आर्थिक संकलन कार्य भइरहेकाले संकलन हुने रकमसमेत रगतको क्यान्सरबाट पीडित बालक माझीका परिवारलाई प्रदान गरिनेछ ।

जनता मावि खुरहुरियामा कक्षा १० मा अध्ययनरत गणेशको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि केही दिनपछि दिल्ली लैजानुपर्ने पीडित बालकका बुबा कमानन्दले जानकारी दिनुभयो ।

Advertisement

विगत तीन महिनादेखि रगतको क्यान्सरबाट पीडित छोरा गणेशको आफ्नो क्षमताले भ्याएसम्म खर्च गर्दा पनि नपुगी थप रकमको आवश्यकता परेका कारण सहयोग गर्न उहाँले सबैसँग आग्रह गर्नुभएको हो ।
रासस

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top