रतुवामाईमा कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

१४ मंसिर ७५, शुक्रबार

विराटनगर, मंसिर १४
रतुवामाई नगरपालिका नगरकार्यपालिकाले आयोजना गरेको चार दिने कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई कम्प्युटर, व्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा प्रणाली सम्बन्धी तालिम दिइएको हो ।

तालिमको सहजिकरण रतुवामाई नगरपालिकाका सुचना प्रविधी शाखाका अधिकृत उजितनारायण राजवंशी र दमक नगरपालिकाका सुचना प्रविधी शाखाका अधिकृत समिप चुडालले गरेका थिए ।

Advertisement

तालिम समापन कार्यक्रममा बोल्दै रतुवामाई नगरपालिकाका मेयर रविन राईले कर्मचारीहरुनै नगरपालिकाका स्थायी प्रतिनिधी भएकाले नगरको काम र कर्तव्य प्रति जिम्मेवार भएर लाग्न आग्रह गरे ।

उनले नगरपालिकाका कर्मचारीहरुको क्षमता अभिवृद्धि सम्बन्धी यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए । कार्यक्रममा उपमेयर दयन्त चुडालले कर्मचारी दक्ष बनाउनु नगरको उपलब्धि भएको बताइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top